३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट संघको बैठक: अध्यक्ष चन्दको लिखितरुपमै राजीनामा माग



अ+ अ-

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरिएको छ । मंगलबार सुरु भएको कार्यसमितिको बैठकको सुरुमै सात जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।

बैठकमा सात जनाको तर्फबाट ऋषिराज गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाउनुभयो । पत्रमा नेपाल टि–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि अध्यक्ष चन्दको राजीनामा माग गरेको उल्लेख गरिएको छ । राजीनामा माग गर्नेहरुमा केन्द्रीय सदस्य गौतमसँगै करण महतरा क्षेत्री, सञ्जयराज सिंह, दाउद अन्सारी, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहनुभएको छ ।

पोखरामा जारी बैठकमा राजीनामा माग गर्नेमध्ये छ जना बैठकस्थलमा हुनुहुन्छ । एकजना पाण्डे अस्वस्थताका कारण बैठकमा उपस्थित नभए पनि पत्रमा हस्ताक्षर गर्नुभएको छ ।