३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै



अ+ अ-

दाङ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ ।

कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ । जिल्ला बाहिरबाट पनि पर्यटकहको सङ्ख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

उद्याने अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा बाह्य पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति रू ३० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रू तीन सयदेखि पाँच सयसम्म शुल्क निर्धारण गरिएको छ ।

अहिले सो पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक रू ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिनुभयो ।

उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ । पार्कभित्रको उत्तरतर्फ बालबालिकाहरुका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा पौडी पोखरीको निर्माण गरिएको छ ।

पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ । त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरु राखिएका छन् ।

पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ । मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरुलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ । द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रू साढे ३७ लाख अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायत गरी हालसम्म रू पाँच करोड खर्च गरिसकेको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले बताउनुभयो ।

उक्त रकम समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबुद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको भण्डारीले जानकारी दिनुभयो । उहाँले अब केही दिनमै सो इमो, चित्तल, रतुवा, गोही लगायतका जनावर तथा पशुपक्षी ल्याउने तयारी गरिएको पनि बताउनुभयो । रासस