६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पछिल्ला चार दिनमा विगत चार वर्षको कुरा बिर्सिएँ, अर्को व्यवसाय गर्ने सोँच थियो’



अ+ अ-

एजेन्सी । बलिउड फिल्म ‘पठान’को सफलतापछि शाहरुख खान सोमबार पहिलो पटक मिडियाको अगाडि देखा परे । दीपिका पादुकोण, जोन अब्राहम र फिल्मका निर्देशक सिद्धार्थ आनन्द पनि उपस्थित थिए ।

शाहरुख पूरै रमाइलो मुडमा थिए । उनले ठट्टा गर्दै भने, ‘चार वर्षमा मैले बालबालिका हुर्केको देखेको छु । खाना पकाउन सिकेँ, फिल्म बाहेक अर्को बिजनेस प्लान पनि सोचेको थिएँ कि फिल्म चलेन भने रेड चिलीज फुड ईटरी नामको रेष्टुरेन्ट खोल्छु ।’

शाहरुखले अगाडी भने, ‘फिल्मले राम्रो व्यापार गर्यो भने खुशी हुन्छ । पठान रिलिजको अन्तिम चार दिनमा मैले विगतको चार वर्ष बिर्सेको छु ।’

यस्तै, फिल्मका अर्का अभिनेता जोन अब्राहमले पठान आदित्य चोपडाकै कारण यति धेरै हिट भएको बताएका छन् । ‘सबैलाई लाग्छ कि म एक एक्सन हिरो हुँ, तर आज म दावीसंग भन्न सक्छु कि शाहरुख यो देशको सबैभन्दा ठूलो एक्सन हिरो हो ।’ जोनले भने ।

शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । यसले रिलिजको पाँचौं दिन करिब ६२ करोड कमाएको छ । यद्यपि आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन । भारतीय बक्स अफिसमा फिल्मको कुल कलेक्सन २७१ करोड रहेको छ । यस हिसाबले पठानले केजीएफ–२ को कीर्तिमान तोडेको छ ।

शाहरुख खानले पछिल्लो १० वर्षमा ८ वटा फिल्म रिलिज गरेका छन् । यी ८ फिल्ममध्ये तीन फिल्म फ्लप भए । २०१३ मा रिलिज भएको चेन्नई एक्सप्रेस ब्लकबस्टर थियो । फिल्मले ओपनिङ वीकेन्डमा १००.४२ करोड कलेक्सन गरेको थियो । दश वर्षपछि शाहरुख खानको फिल्म पठानले यो कीर्तिमान तोड्यो ।