५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमलगायत राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने बताईएको छ ।

सत्ता साझेदार दलहरुबीच राष्ट्रपति निर्वाचन तथा गृह मन्त्रालयको विषयलाई लिएर मतभेद कायमै छ । सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेसँगै उहाँ सांसद र मन्त्री पदबाट मुक्त हुनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैँले सम्हाल्दै आउनुभएको छ । रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेपछि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा पुनः दाबी गरेको छ । लामिछानेले पार्टीबाट निर्णय गराएर पुनः सो मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहनुभएको छ ।

मंगलबार बिहान लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटी गृह मन्त्रालय नपाएर सरकारबाट बाहिरिने चेतावनी दिइसक्नुभएको छ । माओवादी केन्द्रको अहिले बसिरहेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले सोही विषयमा परामर्श लिने काम गरिरहनुभएको बताइएको छ ।

माओवादी केन्द्रभित्रै पनि लामिछानेलाई पुनः गृह मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मतभेद देखिएको छ । यस्तै नेकपा (एमाले) ले पनि पूर्वसहमति अनुसार अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ ।