३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन हाइड्रोपावरको आइपिओ आउँदै



अ+ अ-

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी रू ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने रू आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण शेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर आइपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ । रासस