५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ – बनेपछि थाहा हुन्छ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुलाई गृहमन्त्री बनेपछि थाहा हुने जवाफ दिनुभएको छ ।

रवि लामिछाने सांसद पदबाट मुक्त भएसँगै गृह मन्त्रालय रिक्त रहेको छ । सत्ता साझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपि कसलाई बनाउने भन्नेबारे अहिलेसम्म सहमति भइनसकेको बताइएको छ ।

उक्त मन्त्रालय आफैँ राख्ने मनस्थितिमा माओवादी केन्द्र छ । पार्टीको पदाधिकारी बैठकमा गृहमन्त्रालय कसले लिने भन्नेबारे छलफल भएको छ । सोही बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले गृहमन्त्रालयका बारेमा जिज्ञासा राख्दा प्रधानमन्त्री प्रचण्डले ‘बनेपछि थाहा हुन्छ’ भन्ने जवाफ दिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने गृह मन्त्रालय आफ्नो हुनुपर्ने दाबी गरेको छ । गृह मन्त्रालयका बारेमा प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको छ । तर सहमति हुन सकेको छैन ।