११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित
अ अ+ अ-

ढोरपाटन । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई समेत गिज्याइ रहेको छ । करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो । फोहर व्यवस्थापन गर्ने ठाउँको सिधैमाथि प्रसिद्ध बागलुङ कालिका मन्दिर छ । यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ ।

वर्षौंदेखि अस्थायी रूपमा यहाँ फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङसाइड व्यवस्थापन गर्न सकेको छैन । यस कारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ । गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिँड्दा फोहरको गन्धले यात्रुलाई समेत सास्ती भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “यो बाटो दैनिक दुई पटक हिँड्नुपर्छ, फोहरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलिअलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुले वाक्ने, रिङ्गटा लाग्यो भन्ने गर्छन्, फोहरको गन्धले होला हामीहरुलाई पनि टाउको दुग्ने, वाकवाकी होलाजस्तो हुन्छ ।”

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ । फोहरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुले दुर्गन्ध व्यहोर्नुपरेको जैमिनी नगरपालिका–८ का शिव सुनारले गुनासो पोख्नुभयो ।

उहाँ भन्नुहुन्छ, “राष्ट्रिय गौरवको आयोजनाकै छेउमा यस्तो हालत छ, फोहरको डङ्गुरले भरिएको छ, बाटोमा पैदल त हिँड्नै सकिन्न गन्हाएर, नाक मुख छोपेर पनि फोहरको गन्ध ह्वास्सै पस्छ, सम्बन्धित निकायले ध्यान नदिएर हो को, बजारवासीको लापर्बाही होकी, केही बुझ्नै सकिएन, बाहिरबाट आएको मान्छेले के भन्छन्, यो देख्दा ?”

अहिले पनि बजेट अभावमा यसको काम अलपत्र भएको नगरपालिकाले जनाएको छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहरले भरिएपछि स्थायी डम्पिङसाइटको माग बढेको छ । नगरपालिकाले वार्षिक रु ५० लाखमा उक्त फोहरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी डम्पिङसाइड निर्माण नहुञ्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो ।

फोहर व्यवस्थापनका लागि दश वर्षअघि नै रु दुई करोड लागतमा बनाउने भनिएको स्थायी डम्पिङसाइडको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । तत्कालीन फोहर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ ।

“हावाले सबै फोहर उठाएर घरभित्रै ल्याउँछ, यहाँका स्थानीयले नगरपालिकामा गएर भन्यौँ, छिटै समस्या समाधान हुन्छ भनेको वर्षौं भयो, अहिले पनि अवस्था उस्तै छ”, स्थानीय मनबहादुर माझीले भन्नुभयो, “बस्ती नजिकै लिएर फोहर फाल्छन्, यसले हामीहरुलाई निकै दुःख दिएको छ, फागुन चैतबाट बाहिर बस्नै हुन्न, सबै फोहर उडेर यही आउँछ ।”

बागलुङ नगरपालिकाले व्यवस्थित ढल र फोहर व्यवस्थापनका लागि योजना बनाएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले जग्गा व्यवस्थापन भएपछि नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर व्यवस्थित डम्पिङसाइड निर्माण गर्ने बताउनुभयो । अहिले फोहर फालिँदै आएको ठाउँ उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुँदासम्म यहाँ व्यवस्थितरुपमा फोहर पाल्ने गरी काम गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

“अहिलेको फोहर फाल्ने स्थान कत्ति पनि उचित छैन, ठाउँ अभावका कारण यहाँ फाल्नुपर्ने बाध्यता हो, यहाँ पनि त्यसरी फोहर जथाभावीरुपमा फालिएको छैन, घेरा लगाएर पर्खालभित्र फोहर छ, हावाहुरीले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “व्यवस्थित फोहर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौँ, त्यो बनाएर छोड्छौँ ।” रासस