२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यमा उठाउने भएको छ । मन्त्री बन्न अस्वीकार गरेको भनिएकी अर्याललाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको उपाध्यक्ष बन्न गर्नुभएको आग्रहलाई स्वीकार गर्नुभएको बताइएको छ ।

राष्ट्रियसभाको उपाध्यक्ष पद माओवादी केन्द्रले लिने सहमति सत्ता साझेदार दल नेकपा ९एमाले० र माओवादी केन्द्रबीच भएको छ । सोही सहमतिअनुसार माओवादी केन्द्रले अर्याललाई अगाडि सार्ने भएको हो ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि यही माघ २२ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ भने निर्वाचन माघ २३ गते हुनेछ ।

५९ सदस्यीय राष्ट्रियसभामा सत्ता साझेदार दल एमाले र माओवादी केन्द्र मिल्दा बहुमत पुग्नेछ । प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० ले राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएका छैनन् ।