१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नूस्ः मन्त्री किराँती(भिडियोसहित)

लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नूस्ः मन्त्री किराँती(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।

आईतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिनुभएको हो ।

उहाँले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गर्नुभयो । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताउनु भयो । उहाँले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिनुभयो । उहाँले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनु भयो । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँल नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दै छु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिए । लुम्बिनीमा गाउँहरु ल्याएर चराइन्छ रे त्यहाँ गाईको गोब्बर मात्रै छ भन्छन् । गौतम बुद्ध भगवान होइनन् भगवान फोहोरमा बस्नुहुन्छ । यति ठूलो जिम्मेवारीमा राज्यले पत्याएर लुम्बिनी विकास कोषमा काम गर्न पठाएको छ । लुम्बिनी विकास गर्न बजेट छ,कार्यक्रम छ तर काम किन छैन ? नेपालको संविधान अनुसार कानून छ,कानून अनुसार संरचनाहरु निर्माण भएका छन,संरचनाहरुमा कर्मचारीहरु छन् तर काम किन छैन ? अब काम चाहियो ।’

‘लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजान चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डर अनुसार कार्ययोजना चाहियो । लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाडो बनाउनु भएन । विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मालम्बीहरु रहेका छन् । गौतम बुद्ध बौद्ध धर्मलम्वीहरुको नाभी हो । ढुकढुकी हो । हाम्रो चाहीँ मागी खाने भाँडो हो त ? कर्मचारीहरुले पवित्र थलोमा बसेर अपवित्र कर्म गर्नु हुँदैन । हामीले गौरवका साथ विकासमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने लुम्बिनीमा नै अपवित्र काम गर्ने ? लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भिर हुनुहोला ।’

उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताउनु भयो । उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताउनु भयो । मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ हामी कोही कर्मचारी सरुवा गरेर रमिता देखाउने छैनौं । तर काम चाहियो । कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुराना प्रवृत्ति हो । हामी पुरानो प्रवृत्ति दोहो¥याउने वाला छैनौं । हामीलाई काम चाहियो । तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरै तिर बल नगर्नु होला । जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस् । केही छैन । वडा अध्यक्ष पनि हुदिन भन्ने थियो । मन्त्री भए पद गए जान्छ तर सम्झौता देशको हीत विपरित हुने क्रियाकलापसँग हुँदैन । सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो । यहाँ भन्नुस् । हामी नीतिमा सहयोग गर्न तयार छौं । आफूसँग कुनै स्वार्थ छैन । म आफैँ फाइल बोकेर जानु नपरोस् ।’

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनु भयो । उहाँले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताउनु भयो । सचिव अधिकारीले बजेटको कमी,बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताउनु भयो ।

उहाँले लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गाहरु अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरुलाई बाँडफाँट भएकाले समस्या भएको बताउनु भयो ।