२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई आजै पार्टी सभापति घोषणा गर्ने रास्वपाको तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने भएको छ ।

रास्वपाले रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे केन्द्रिय समितिको बैठक बोलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै रविलाई पुनः पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको प्रवक्ता मुकुल ढकालले बताए ।

शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

रवि अहिले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।

सभापति गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति र संसदीय दलको नेता छानेको थियो ।