१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छः मन्त्री गिरी

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छः मन्त्री गिरी
फाईल फोटो
अ अ+ अ-

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन् ।

पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताए ।

मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताए ।

वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उहाँको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उनको जिकिर छ । सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाए ।

उनले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भैसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताए । उनले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभुत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिइ समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उनको भनाइ छ ।

मन्त्री गिरीले विगत सात दशकदेखि बन्द रहेको तत्कालीन फलामखानी गाविसमा रहेको फलामखानीको पुनः उत्खनन्का लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउँदै फलामखानी उत्खनन् गर्न सकेमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री गिरीले अघिल्लो संसदको कार्यकालमा पर्वतका सबै पालिकामा कालोपत्रे सडक सुविधा पुर्याएको बताउँदै अबको पाँच वर्षमा जिल्लाका ६१ वटै वडाका केन्द्रमा कालोपत्रे सडक पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । त्यसैगरी एक घर एक धारा खानेपानी, सिँचाई, स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शिक्षा विस्तारमा समेत सक्रिय रहने बताए । रासस