५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण



अ+ अ-

काठमाडौँ । पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ ।

शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गरेका हुन् ।

स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै खुसी रहन प्रेरित गर्ने बालक र अभिभावको हृदय बुझ्ने मनोविज्ञानसम्बन्धी सन्देश प्रवाह गर्न खोजेका छन् ।

कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ ।

प्रत्येक घरका अभिभावकले बालबालिकालाई संस्कारयुक्त मनोवैज्ञानिक शिक्षा दिन जरुरी रहेको बताउँदै कार्यक्रमका सहभागी वक्ताले अहिलेको शिक्षा किताबमा सीमित नभई सूचना, प्रविधि, धर्म र संस्कारको मिश्रण भएको विषय पुस्तकमा समावेश रहेको बताए ।

उक्त अवसरमा प्राडा कोइरालाले बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आप्mनो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताए ।

महासचिव सुवेदीले पुस्तक आत्म निरीक्षणका लागि ऐना भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले पढ्नै पर्ने ज्ञान पुञ्जका रुपमा रहेको बताउनुभयो । शिक्षिका मञ्जु भट्टराईले संस्कार सिकाइको पहिलो पाठशाला घर भएकाले शिक्षामा संस्कारलाई अनिवार्य जोड्न आवश्यक रहेको बताए ।

पुस्तकमार्फत् ‘गते’ र ‘बार’का विभिन्न शीर्षकमा स्रष्टाले घरः संस्कारको जग, महामारीमा नयाँ यात्रा रचनात्मक सिकाइजस्ता विषयमा घर, परिवार, समाज र देशलाई अनुभवमा आधारित शिक्षा प्रदान गर्ने तरिकाबारे ज्ञान दिलाउन खोजिएको छ ।

किताबको अध्ययनभन्दा सूचना र प्रविधिको ज्ञानले बालबालिका व्यक्तित्व विकास र प्रस्तुतिमा निखार ल्याउने मात्र नभई निडर र प्रखर तुल्याउने पुस्तकका पात्र हार्दिकताबाट समेत पुष्टि गरेको विषय उजागर गरिएको छ । रासस