२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छः मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै उनले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रही मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको विचार व्यक्ति गरे ।

उनले प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व सबैमा रहेको उल्लेख गर्दै संरचनाको सम्बन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउन पहिलो प्रयासका रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौमा झारेकामा हौसला प्रदान गर्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकूल समयमा सर्वसम्मति वा विधि प्रक्रिया पूरा गरेर राख्ने हुनाले नामका लागि सल्लाह सुझाव दिन आग्रह गरे । उनले नामकरणको समयमा हुने विरोध, आन्दोलन गर्ने गलत कार्यविरुद्ध सरकारलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष भरत खड्का, केन्द्रीय महासचिव विदुर सुवेदी, संस्थापक सदस्य सुबोध प्याकुरेल, डा नेत्र तिम्सिना लगायतले मानवअधिकार, सामामाजिक न्याय र सङ्घीयता बलियो बनाउने कार्यमा अधिकारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले मानवअधिकार क्षेत्रमा काम गर्ने जनप्रतिनिधिलाई सम्मान गरेका थिए । अधिवेशनमा प्रदेशका १४ जिल्लाका अधिकारकर्मी र जनप्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ । रासस