२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट लिएको स्थापित तथ्य: न्यायाधीश खतिवडा



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा न्यायाधीश ईश्वर खतिवडाले अमेरिकी नागरिक रहेकै अवस्थामा मन्त्री लामिछानेले नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य भएको बताउनुभएको छ ।

मन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतमा बहस सुरु हुँदा रविका तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै न्यायाधीश खतिवडाले भन्नुभयो, “सन् २०१४ मा उनले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो ।”

वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यकरुपमा कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किन नमिल्ने तर्क गर्नुभएको थियो । जवाफमा न्यायाधीश खतिवडाले नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा ? भनी प्रतिप्रश्न गर्नुभएको थियो ।

अहिले मन्त्री लामिछानेका तर्फबाट वकिलहरुले बहस गरिरहेका छन् । मुद्दाको फैसला आजै आउने सम्भावना रहेको बताइएको छ ।