२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०१ राहदानीसहित विमानस्थलबाट दुई पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले बिहीबार १०१ थान राहदानी र पुलिस रिपोर्ट ७९ थानसहित दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

अवैधरुपमा बाह्य मुलुकतर्फ ती पासपोर्ट र पुलिस रिपोर्ट लैजान लागेका ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ का ३८ वर्षीया सोनीकुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट नयाँ दिल्ली जान लागेको बेला उनीहरुलाई पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा उनीहरुको लगेज एक्स रे गर्ने क्रममा शंकास्पद रुपमा ती राहदानी र पुलिस रिपोर्ट बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको बताइएको छ ।

प्रहरीले सोधपुछ गर्दा ती राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लैजान लागेको भन्दै वैदशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेश गरिएको तर अनुसन्धानमा ती फाराममा उल्लिखित विवरण भएको राहदानी र उनीहरुबाट बरामद भएको राहदानीको विवरण फरक पर्न गएको थियो ।

प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो पठाएको छ ।




भर्खरै