५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताका विषयमा पार्टी उपाध्यक्ष महराले छुट्टै प्रस्ताव पेस गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने हुनुभएको छ । पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका बारेमा उहाँले छुट्टै प्रतिवेदन पेस गर्न लाग्नुभएको हो ।

महरा वार्ता टोलीका संयोजकसमेत हुनुहुन्छ । प्रतिवेदनमा उहाँले अहिलेसम्म कुन कुन शक्तिसँग छलफल भयो र छलफलको अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्न लाग्नुभएको बताइएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत सदस्य हुनुहुन्छ ।