१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक झिनो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अङ्कले ओरालो लागेर चार सय १३ दशमलव १४ मा झरेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये कूल एक सय एक कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर रू दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७० लाख ९५ हजार सात सय छ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी रु आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी रु सात करोड ३८ लाख ६८ हजार आठ सय ९४,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी रु छ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त, बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सूर्योज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले आठ दशमलब २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स सात दशमलब ६८, सप्तकोसी डेभलपमेन्ट बैंक चार दशमलब ५०, ग्रीन भेञ्चर्स चार दशमलब ५०, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलब ६४ प्रतिशतले गुमाएका छन् । रासस