२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिलले गरेका दुई ओभरको स्पट फिक्सिङ यस्तो



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले नेपाल टी–२० लिगमा दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ गरेको प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । आदिलले मेहबुब आलमले प्रस्ताव गरे बमोजिम स्पट फिक्सिङ गरेको बताईएको छ ।

स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको सिआईबीले बताएको छ । जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलहरुमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

आदिलले पुस १२ गते भएको काठमाडौं नाइट्सविरुद्धको खेलमा ४ ओभरमा दुई वाइड र एक नो बल गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । उनले ११.१ ओभरमा नो बल खेलेका थिए । त्यसको लगत्तै अर्को बलमा वाइड गरेका थिए ।

पुस १४ गते फारवेष्ट युनाइटेडविरुद्धको खेलमा भने आदिलले एक ओभरमात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभर खेल्न पाएका आदिलले पहिलो बल नो बल फाले भने लगत्तैको दोस्रो बल वाइड गरे ।

आदिलले कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे भने केहि खुलाएका छैनन् । आदिल सोमबार गृहनगर सप्तरीको राजविराजबाट पक्राउ परेका थिए।