२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान विपरीतका पदाधिकारी बैठकको अर्थ छैन: नेता महर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यासको कुनै अर्थ नभएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउदै महरले यस्ता बैठक केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने गरेको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

नेपाली कांग्रेसमा विधान विपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ । विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्दैन । केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ ?

१) भ्रातृ संस्थाको ६ देखि १६ वर्षसम्म अधिवेशन हुन नसक्दा नेतृत्व विकासमा ठूलो भ्याकुम खडा भएको छ । सबै भ्रातृ संस्थाको विधान संशोधन गरेर पदाधिकारी सहित ठूलो संख्यामा कमिटी ल्याउन पार्टीका लागि हितकर हुन्छ ।

२) विधनाअनुसार भ्रातृ संस्था र पार्टीका विभागमा साथीहरुलाई जिम्मेवारी दिएर संगठन निर्माणको मैदानमा उर्तान अब पनि ढिलो गर्नुहुँदैन ।

३) सरकारमा स्वार्थ बाँझिएका र विभिन्न काण्डमा जोडिएको व्यक्तिहरु बसेका छन । तिनीहरुको भण्डाफोर गर्न काँग्रेसका हाम्रा सांसदलाई केले रोकेको छ ? हामी किन बोलिरहेका छैनौं र?