१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैनः अध्यक्ष ओली

आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैनः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ ।

आईतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनु भयो । उहाँले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बिस्तारै बिस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाव गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले । तर नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु नै हुन् । मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ । हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन् ।’

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताउनु भयो । उहाँले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताउनु भयो । अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताउनु भयो । उहाँले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताउनु भयो । उहाँले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही चिजहरु यस्ता छन्, जसलाई अपौरुषिय अथवा मानव निर्मित होइन भन्ने शास्त्रहरुले वर्णन गरेका छन् । वेद मानव रचित होइन, दैवीदेन हो भन्ने छ । कसले लेखेको भन्ने थाहा छैन । वेदका ऋचाहरु पछिल्लो समय कसले बनायो भन्न सकिन्छ, पछिल्लो समय बनेका कतिपय ऋचाहरु छन्, त्यसभन्दा अघिका ऋचाहरुको बारेमा जानकारी छैन, त्यसैले वेदलाई दैविक भनिन्छ । आयुर्वेदलाई पनि पछि ऋषिहरुले निर्माण गरेको तर यो पनि पौरुषिय होइन अलौकिक हो भन्ने गरिन्छ । यस्ता शास्त्रका उक्तिहरु छन् । यसले हाम्रो पौराणिकतालाई जनाउँछ ।

जे होस् हामी आयुर्वेदसम्बन्धी मान्यताका साथीहरुलाई थाहा छ, पुराणशास्त्रीय मान्यताका दुई शाखाहरु छन् । एउटा शैव शाखा, शिवले आयुर्वेद सम्बन्धी ज्ञान पार्वतीलाई, पार्वतीले नन्दी, नन्दीले अर्कोलाई हस्तान्तरण गर्नुभएको थियो । अर्को मानव श्रृष्टिअघि बाच्ने कसरी हो ? भन्ने हिसावले आयुर्वेद तयार गरेर मात्रै जीवको रचना गरेको भन्ने छ । वेद भनेको विज्ञान हो, आयुर्वेद भनेको जीवन, आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान हो । जीवन आयुसँग सम्बिन्धत छ । मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिँदैन, आयुर्वेदले जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्ने हो ।’

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताउनु भयो । उहाँले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताउनु भयो ।