८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयो News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय

सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठले पार्टी लथालिंग भयो: कांग्रेस नेता केसी

सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठले पार्टी लथालिंग भयो:  कांग्रेस नेता केसी
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त बनेको बताउनुभएको छ ।

पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न आइतबार बिहान बत्तीसपुतलीमा जारी संस्थापन इतर पक्षका नेताहरुसँगको बैठकमा उहाँले पार्टी नेतृत्वका कारण पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठ वा सौदाबाजीबाट स्खलित, कमजोर र रुग्ण बनाइएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले कांग्रेसलाई संसद्को सर्वाधिक ठूलो पार्टी बनाइदिएको तर नेतृत्वको नालायकीपनले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।”

नेता केसीले यस्तो गैरजिम्मेवार र कर्तव्यच्यूत नेतृत्वको संरक्षण र प्रश्रय पाएकोले छ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिना ९०७९ फागुन० भित्र आफ्नो अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनित भएका पाँचवटा भ्रातृसंस्थाका केन्द्रीय समितिहरू आफ्नो गठनको उद्देश्यलाई उपेक्षा गर्दै अनधिकृत र अवैधरुपमा जिल्ला–जिल्लामा आफूजस्तै टीके कमिटी गरिरहेको उल्लेख गर्नुभयो ।

बैठकमा आफूले व्यक्त गरेको भनाइ नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा यसरी राख्नुभएको छ ः

शहिद र अग्रज राजनेताहरूको बलिदान र त्याग, हामीजस्ता अनेकौं निष्ठावान् कार्यकर्ताहरूको रगत ९पसिनाले मलजल गर्दै ल्याएको, राणा र पञ्चायती शासनको दमनका बावजूद देशको एक नम्बर राष्ट्रिय शक्तिको रुपमा स्थापित, हाम्रो प्यारो पार्टी, नेपाली कांग्रेस नेतृत्वकै कारणले लथालिङ्ग र अस्तव्यस्त अवस्था भोगिरहेको छ । राणा र पञ्चायतको दमनचक्रभन्दा यसकै नेतृत्वले गरेका पार्टी विधान र लोकतन्त्र विपरीतका हर्कतहरू हामीलाई यातनामय अनुभव भईरहेको छ।

आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहिन गठबन्धन् र अपारदर्शी साँठगाँठ वा सौदावाजी नेपाली कांग्रेस स्खलित, कमजोर र रुग्ण वनाईएको छ । जनताले कांग्रेसलाई संसदको सर्वाधिक ठूलो पार्टी बनाईदिएका छन् । तर नेतृत्वको नालायकीपनले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।

यस्तो गैरजिम्मेवार र कर्तब्यच्युत नेतृत्वको संरक्षण र प्रश्रय पाएकोले छ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिना (०७९ फागुन) भित्र आफ्नो अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनित भएका पाँचवटा भातृसंस्थाका केन्द्रीय समितिहरू आफ्नो गठनको उद्देश्यलाई उपेक्षा गर्दै अनधिकृत र अवैध रुपमा जिल्ला९जिल्लामा आफूजस्तै टीके कमिटी गरिरहेका छन्।

भातृसंस्थाहरूको नेतृत्व, अधिवेशन र हस्तक्षेप रहित स्वतन्त्र र निष्पक्ष लोकतान्त्रिक प्रक्रियाद्वारा निर्माण गरिनुपर्नेमा आन्तरिक लोकतन्त्रलाई यसरी भित्रभित्रै कीरा पारेर पार्टीलाई मक्काउन र सडाउन उद्यत दुष्कर्मको सारा निष्ठावान् तथा स्वभिमानी साथीहरू, खासगरी भातृसंस्थाकै साथीहरूबाट जोडदार विरोध हुनु परिस्थितिको अनिवार्य आवश्यकता भईसकेको छ। यस्तो दुष्कर्मले नेपाली कांग्रेस जस्तो सिद्धान्त, नैतिकता र जनउत्तरदायी पार्टीको कदापि हित हुँदैन । भातृसँस्थाका अधिकांश साथीहरूबाट यस वास्तविकता लाई मनन हुने मेरो विश्वास छ ।

अतस् भातृसंस्थामा भईरहेका यस्ता गतिविधिलाई तुरुन्त रोकी यथाशीघ्र अधिवेशन द्वारा नेतृत्व निर्वाचित गर्ने प्रक्रिया चलाईयोस् भन्ने जोडदार माग गर्दछु । साथै नेपाली कांग्रेस बिपक्षि दलका नेता सम्ब्धि कानुन र संसदको पदाधिकारीको सुबिधा सम्बन्धी एन दफा २ को ङ मा रहेको ब्यबस्था लाइ ध्यान नपुर्याएको ।