३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन

राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन
अ+ अ-

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ ।

आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राख्नुभयो । उहाँले भूकम्पले भत्किएको मन्दिरको जिर्णोद्वारको अवस्थाबारे समेत जानकारी लिनुभयो ।

चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्वारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराउनुभयो ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो । मन्दिरको मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले उहाँलाई टीका, फूल प्रसाद प्रदान गर्नुभयो ।

नेपाली रुपैयाँ नोटमा छापिएको गरुडको छाप र चाँगुनारायण मन्दिरमा रहेको गरुडको मूर्तिको नोटमा हेरेर त्यसबारेमा राष्ट्रपति भण्डारीले जिज्ञासा राख्नुभयो । उहाँले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित चाँगुनारायण सङ्ग्रहालयको समेत अनुगमन गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख हीरामणि सुवेदीलगायतले स्वागत गर्नुभएको थियो भने सबैले यहाँको ऐतिहासिक मौलिकता झल्कने सामग्री मायाको चिनोस्वरुप प्रदान गर्नुभयो ।रासस