१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एमाले अध्यक्ष ओलीबाट सरकारमाथि नै धावा बोल्ने काम भइरहेको छः सांसद पाण्डे

एमाले अध्यक्ष ओलीबाट सरकारमाथि नै धावा बोल्ने काम भइरहेको छः सांसद पाण्डे
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनु भएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताउनु भएको हो । सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उहाँको भनाई थियो । सांसद पाण्डेले भन्नु भयो,‘संसदको पहिलो दिन, जुन दिन यो संसदलाई शुभकामना दिनुपर्ने दिन थियो । त्यो शुभकामना दिनुपर्ने दिनमा हाम्रो संविधानमाथि आक्रमण गर्ने काम जिम्मेवार नेताहरुबाट भएको छ । पूर्व प्रधानमन्त्रीबाटै भएको छ ।

किनभने यो ठाउँमा उभिएर आफूलाई संविधानले नचिनेको, नथाहापाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर त्यसको नाताले जुन किसिमले कार्यपालिका भन्दा ममाथि छु कि प्रधानमन्त्री त्यो उच्चस्तरीय संयन्त्रको सदस्य मात्रै हो भन्ने ढंगको अभिव्यक्ति हामीले उहाँको त्यो बुझ्न सकिन्छ । त्यसबाट के बुझिन्छ भने हामी स्पष्ट छौं–प्रधानमन्त्री भन्दा ठूलो कार्यपालिकामा कोही हुन सक्दैन हाम्रो संविधान अनुसार ।

कार्यपालिका भन्दा माथि छु कि भन्ने ढंगले कार्यपालिकामाथि धावा बोल्ने काम एकातिर भयो भने अर्को हिजो प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक थियो भनेर हामीले भन्यौ । अदालते भन्यो । दुईदुई पटक अदालतले भन्यो । अदालतको भनेको विषयलाई पनि अन्तका नजिरहरु देखाएर, अन्तका दृष्टान्तहरु देखाएर हाम्रो संविधानमाथि जसरी धावा बोल्ने काम भयो ।

प्रतिनिधिसभा विघटन गर्न सकिन्छ भन्ने खालको धावा बोल्ने काम भयो । त्यसले व्यवस्थापिकामाथि पनि प्रश्न चिन्ह उठाउने काम भयो । त्यतिमात्रै होइन् न्यायपालिकाका नजिरहरुलाई हामी सबैले सम्मान गर्नु पर्दछ । न्याय पालिकाको नजिरलाई कसैले पनि अपमान गर्न मिल्दैन । न्याय पालिकाका नजिरहरुलाई उलंघन गर्दै प्रतिनिधिसभा विघटनको जुन असंवैधानिक कुरा भयो । त्यसले गर्दा हामीलाई चिन्ता लागेको छ ।’

सांसद पाण्डेले प्रतिनिधिसभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणा समेत राख्नु भयो । नेपाली काँग्रेसले प्रतिपक्ष दलहरुको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ ।