५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले विगतमा सभामुखबाट दल फुटाउने भुमिका खेलेको भन्दै अबको सभामुखबाट कुनैपनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताउनु भयो ।

उहाँले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भुमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भुमिका खेल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउनसक्छ, सभामुखज्यु तपाई कसैको स्वार्थमा नआउनुहोला, यदी जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न ।

पुराना सभासदको नाम पनि बिर्सिसकेँ । तर फर्केर हेर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भुमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भुमिका खेलियो, सभामुख र उपसभामुख सिंगो हलको रेफ्री हो । दायाँ र बायाँको बीचको आसन हो । त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस् । सिधा नजर लगाउनुस् । दुई वटा आँखा दुईतिर लगाउनुस् ।’

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गर्नुभयो ।