१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीमाथि सांसद खतिवडाको आपत्ति

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीमाथि सांसद खतिवडाको आपत्ति
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।

गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । शनिबार प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भने पनि प्रश्न समेत गर्नु भयो ।

उहाँले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफ समेत माग गर्नु भयो । सांसद खतिवडाले भन्नु भयो, ‘भर्खरै गृह मन्त्रालयका एउटा पत्र सार्वजनिक भएको सूचना आयो । नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ती निकाले खोज्दै जाने परम्पराको सूरुवात भएको छ । यो गृह मन्त्रालयको पदभार ग्रहण गर्नु भएका धेरै मन्त्रीहरु आज यो संसदमा हुनुहुन्छ । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्ती अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ?

सभामुख महोदय । बडा चिन्ताको विषय बनेको छ । गृहमन्त्री बालापनको, केटाकेटीपनको प्रर्दशन त्यहाँ गर्नु भएन । के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सृजना भएको हो ? के अझै पनि जनतालाई फेरी ढाँटनका लागि यो सूचना प्रकाशित गरिएको हो ? सुत्न गएका कर्मचारीलाई राति बोलाएर विज्ञप्ती निकालौ भनेर यस्तो परम्पराको सुरुवात भयो भने अपराधी पक्रिन सकिन्छ सभामुख महोदय ? यो परम्परा कहाँ जाँदैछ । र, भोली मुलुक कहाँ जाने हो ?

हामीलाई चिन्ताको विषय बनेको छ सभामुख महोदय । म फेरी पनि अनुरोध गर्न चाहन्छु–आज हामीलाई चिन्ताको विषय गृह मन्त्रालयको मन्त्रीको आदेश प्रहरी प्रशासनले नटेर्ने । यदि गृह मन्त्रालय यसै गरी सूचना सार्वजनिक गर्ने हो भने प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने, सशष्त्रलाई लेखेको सूचना सार्वजनिक गर्ने, अन्य सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो सभामुख महोदय । यो वडा चिन्ताको विषय छ । यसको बारेमा म जवाफ सदनमा माग्न चाहन्छु म । मान्छे पक्रिन नसक्ने, अनि सूचना जारी गर्ने सभामुख महोदय ? मलाई थाहा छ ।

हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन जाँदाखेरी म माननीय गृहमन्त्री सँगसँगै गृहमन्त्रीले १७० औं नम्बरमा सही गर्नु भएको छ । उहाँले विज्ञप्ती जारी गरेको अपराधी भनेर चिनिएको र उच्च अदालतले पक्राउ गर्न आदेश दिएको मान्छेले १९४ औं स्थानमा सही गर्नु भएको छ सँगै लाईनमा बसेर । मैले १८६ औं नम्बरमा सही गरेको छु । एउटै रोहमा बसेर । के माननीय सदस्यहरुले अपराधीलाई चिनाई दिने हो कि गृह मन्त्रीलार्य यहाँ हत्डकी लिएर आउनोस भनेका छौ हामीले । अपराधी पक्रनुहोस् भन्दाखेरी प्रेस विज्ञप्ती दिने परम्परा एकदम गलत भयो सभामुख महोदय । यो पत्र जनतालाई अर्को नाटकको रुपमा प्रर्दशन गरिदैछ ।

यसमा हाम्रो घोर आपत्ति छ, सभामुख महोदय । त्यसैले सभामुखज्यूसँग हामी रुलिङको माग गर्न चाहन्छौं–जनतालाई मुर्ख बनाउने काम नगरियोस् । संसदलाई मुख्य बनाउने काम नगरियोस् । म अनुरोध गर्न चाहन्छु । यो अपराध अनुसन्धान आचारसंहिताको विरुद्धमा भयो, सभामुख महोदय । यो अहिलेको पत्र । म फेरी पनि भन्छु–अपराध अनुसन्धान आचारसंहिताको विरुद्धमा पत्राचार गर्ने पद्धति आफूलाई फेरी मिडियामा एउटा हौवाको भरमा प्रस्तुत गर्ने काम मन्त्रीहरुले नगरुन । र, सस्तो लोकप्रियता नखोजुन भन्ने अनुसार गर्न चाहन्छु ।

यो संसदमा धेरै कुराहरुको छानवीनको जरुरी छ, सभामुख महोदय । कसैको नागरिकताको बारेमा छानवीन होला । कसैको पासपोर्टको बारेमा छानवीन होला । यो विषयमा गृहमन्त्रीको जवाफ चाहियो । जवाफका लागि रुलिङको आवश्यक्ता देख्छु, सभामुख महोदय । ’

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गर्नु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराउनु भयो ।