काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार विहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख यादवलाई उठाउने निर्णय गरेको हो । यादव समानुपातिकबाट सांसद हुनु भएको थियो ।