२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय



अ+ अ-

धादिङ । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको छ ।

ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।

आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इशाख चेपाङ न्यानो लुगाको अपेक्षामा छन् । दिउँसो घाम लाग्छ जब रात पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरुको दिनचर्या भएको छ । उनीहरु मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारलाई न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ ।

पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ चेपाङ विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताउनुभयो । विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थीहरु गाउँमा नबसी विद्यालयमै आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाकै भरमा गुजारा गरिरहेको आफूले देखेको उहाँको भनाइ थियो छ ।

स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनी भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकाल भइसके पनि चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन न नसकेको मासखर्कका कृष्ण चेपाङले बताउनुभयो । रासस