१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिमिरेबाट सभामुखमा उम्मेदवारी मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संघीय सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

उहाँ सत्ता गठबन्धनबाट सभामुखका लागि साझा उम्मेदवार हुनुहुन्छ । उहाँको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन रहनु भएको छ ।

संघीय संसद् सचिवालयले सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकेको छ । मतदान बिहीबार हुनेछ ।

नेपाली कांग्रेसले भने सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुर्ने बताएको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने जनाइएको छ ।

पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो ।