५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा मन्त्रिपरिषद्को सूची बनेको छ ।

सत्ता साझेदारहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ ।

उपराष्ट्रपति पद पाउनु पर्ने माग गर्दै सत्ता साझेदार दलमध्येको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएको छैन ।

सत्ता गठबन्धनमा नेकपा (एमाले) ले सबैभन्दा बढी ८ मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) को भागमा ३ मन्त्रालय परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३/३ मन्त्रालय पाएका छन् ।

त्यस्तै जसपाले २ वटा मन्त्रालय पाए पनि असहमति जनाउँदै सरकारमा सहभागी भएको छैन । जनमत पार्टीको भागमा १ मन्त्रालय परेको छ भने रास्वपा र राप्रपाले १÷१ राज्यमन्त्रीसमेत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको प्रस्तावित मन्त्रिपरिषद् यस्तो छ ः

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्रीहरु :

विष्णुप्रसाद पौडेल-अर्थ

नारायणकाजी श्रेष्ठ- भौतिक पुर्वाधार

रवि लामिछाने- गृह

राजेन्द्र लिङदेन, ऊर्जा

मन्त्रीहरु :

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वालाकुमारी साह, कृषि

भगवती चौधरी,

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई,

माओवादी केन्द्रबाट

रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्रीहरु

डा तोसिमा कार्की, स्वास्थ्य

दीपकबहादुर सिंह, ऊर्जा

सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन