१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्

मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा मन्त्रिपरिषद्को सूची बनेको छ ।

सत्ता साझेदारहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ ।

उपराष्ट्रपति पद पाउनु पर्ने माग गर्दै सत्ता साझेदार दलमध्येको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएको छैन ।

सत्ता गठबन्धनमा नेकपा (एमाले) ले सबैभन्दा बढी ८ मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) को भागमा ३ मन्त्रालय परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३/३ मन्त्रालय पाएका छन् ।

त्यस्तै जसपाले २ वटा मन्त्रालय पाए पनि असहमति जनाउँदै सरकारमा सहभागी भएको छैन । जनमत पार्टीको भागमा १ मन्त्रालय परेको छ भने रास्वपा र राप्रपाले १÷१ राज्यमन्त्रीसमेत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको प्रस्तावित मन्त्रिपरिषद् यस्तो छ ः

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्रीहरु :

विष्णुप्रसाद पौडेल-अर्थ

नारायणकाजी श्रेष्ठ- भौतिक पुर्वाधार

रवि लामिछाने- गृह

राजेन्द्र लिङदेन, ऊर्जा

मन्त्रीहरु :

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वालाकुमारी साह, कृषि

भगवती चौधरी,

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई,

माओवादी केन्द्रबाट

रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्रीहरु

डा तोसिमा कार्की, स्वास्थ्य

दीपकबहादुर सिंह, ऊर्जा

सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन