१६ श्रावण २०८३, शनिबार
,
Latest
सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटना: शव लिन पोखरा उड्यो सेनाको हेलिकोप्टर



अ+ अ-

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरुको शव लिन नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।

विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याउन लागिएको हो । शव लिन सेनाको हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडिसकेको छ ।

दुर्घटनामा परेका ७२ जनामध्ये ६९ जनाको शव प्राप्त भइसकेको छ । जसमध्ये २६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ ।