९ पुष २०८१, मंगलवार
,
Latest
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल एड्भाइजरी जारी, सावधानी अपनाउन आग्रह सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्यो, आज कहाँ पर्दैछ पानी ? महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता रवि लामिछानेको सांसद पद निलम्बनमा, संघीय संसद्ले टाँस्यो सूचना थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी झापा कपको उपाधि चर्च ब्वाइजलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयरलाइन्स विमान दुर्घटना : अस्पताल पुर्याइएका सबै ३६ जना मृत घोषणा



अ+ अ-

काठमाडौँ । यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको निधन भएको छ ।

काठमाडौबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान आज पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो ।

चालक दलका चार सदस्यसहित ७२ सवार यती एयरलाइन्सको जहाज आज बिहान ११ बजेर १० मिनेटमा पोखराको सेती नदीस्थित खोँचमा दुर्घटना भएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डा नारायण श्रेष्ठका अनुसार हालसम्म ३६ जनालाई अस्पताल पुर्याइएको र सबै जनाको निधन भएको छ ।