३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाको कारण र उद्धार अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा

प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाको कारण र उद्धार अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने यती एयरको जहाज पोखरामा भएको दुर्घटनाको वस्तुस्थिति बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको विमान ११ बजेर १० मिनेटमा पोखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीहरुसँग जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विमानस्थलका कर्मचारीहरुले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले प्रभावकारी रुपमा उद्धारमा लाग्न सबै निकायलाई निर्देशन दिनुभएको छ ।

दुर्घटना सम्बन्धमा अहिले १ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।