२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय सदस्यमा मनोनीत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।

यसअघि नेकपा एसको सचिवालयमा अध्यक्ष माधवकुमार नेपालसहित ११ जना सदस्य थिए । अब भूसाललाई पनि सदस्यमा मनोनीत गरेपछि सचिवालय १२ सदस्यीय बनेको छ ।

सचिवालयमा ुसम्मानित नेताु झलनाथ खनालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, वेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन् ।

शुक्रबार एक कार्यक्रमबीच भूसाल पार्टी प्रवेश गरेका थिए । गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए ।