२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । आजै दिउँसो २ बजे बस्नेगरी आफ्नो निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको सांगठानिक सुदृढीकरण तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ ।

नेपाली कांग्रेसभित्र प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि असन्तुष्टि बढेको छ । पदाधिकारी बैठकले विश्वासको पक्षमा मत दिने वा नदिने भन्नेबारे निर्णय गर्न नसकेपछि विश्वासको मत नदिने पक्षमा रहेका नेताहरुले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुनुपर्ने माग गर्नुभएको थियो ।

तर मतदान गर्ने दिन केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश सदस्यहरु उपस्थित हुननसक्ने भएपछि केन्द्रीय कार्यसमितिले गर्ने निर्णयको अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको थियो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरुले निर्णयमाथि फरक मत राख्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षीको भूमिका कांग्रेसले गुमाएको भन्दै सभापति देउवाको आलोचनासमेत भइरहेको छ ।