१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहले प्रधानमन्त्री देउवाका लागि आवश्यक परेको संख्यामा मात्र विश्वासको मत दिने



फाईल फोटो
अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट आज विश्वासको मतका लागि प्रस्ताव दर्ताए गराउनु भएक संगै नेकपा एमाले माधव नेपाल पक्षले के गर्छ भन्ने चासो सर्वत्र छ ।  नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी उपेन्द्र  यादव समूह र राष्ट्रिय जनमोर्चाले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

नेपाली काग्रेसको ६१ माओवादीकेन्द्रको ४९ जनमोर्चाको १ तथा जनता समाजवादी पार्टीको १७ सांसद देउवाको पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको कुल सदस्य संख्या २७१ मध्ये बहुमतको लागि १३६ सांसदको समर्थन आवश्यक पर्छ ।  जसका लागि थप ८ मत आवश्यक पर्छ  ।  निर्णायक शक्तिका रुपमा रहेको नेकपा एमाले माधव नेपाल समुहले आवश्यक पर्ने मत मात्र देउवालाई दिने तयारी गरेको छ ।

नेपाल समूहका एक नेताका अनुसार  बहुमतका लागि जति मत आवश्यक पर्छ त्यो हामीले दिन्छौ हाम्रा पक्षका अन्य साथीहरु तटस्थ बस्ने वा पक्षमा उभिने भन्ने सल्लाह भै रहेको छ ।

ती नेताका अनुसार आज विश्वासको मत दिए संग लगभग पार्टी फुट्ने हुदा केही दिन भित्र नै संसद अधिवेशन रोकेर अध्यादेश मार्फत राजनीतक दल सम्बन्धी अध्यादेश जारी गर्ने र निर्वाचन आयोगमा दर्ता भएको नयाँ दल क्रियाशिल गराउने र सरकारमा उपप्रधानमन्त्री सहित आठ मन्त्रालय लिएर सारकारमा सहभागी हुने जानकारी दिनुभयो ।