२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई हराउँदै विराटनगर सुपर किंग्स फाइनलमा पुगेको छ ।

टियु मैदानमा भएको खेलमा विराटनगरले जनकपुरलाई ३९ रनले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य पाएको जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो।

जनकपुरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकिय इनिङ खेले । उनले ६ चौका प्रहार गरे । यस्तै कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे । खडक बोहोराले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

विराटनगरका लागि बलिङ गरेका राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । यस्तै कियोन जोसेफले ३, नन्दन यादवले २ र सुर्य तामाङले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्मा ४२ रन बनाए । यस्तै अर्जुन साउदले ३५ रन बनाउँदा राज नाननले ३३ रन बनाए भने हुसेन तलत ३१ रनमा आउट भए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखियाले २ विकेट लिए भने सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १र१ विकेट लिए ।

विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग उपाधिको लागि खेल्नेछ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।