१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छः सचिव मरासिनी

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छः सचिव मरासिनी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मरासिनीले भन्नुभयो, “विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रुपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रुपमा विकास गर्न सक्नुपर्छ ।”

आज नेपाल आयल निगमले ५३औंँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले पेट्रोल पम्पहरुलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गर्नुभयो ।

आफू समितिमा आएको छोटो समय मात्रै भए पनि बाहिर रहँदा समेत निगमसँग नजिक रहेर काम गरेको बताउँदै अध्यक्ष मरासिनीले निगममा रहँदा आफूले यो क्षेत्रको थप सुधारका लागि पहल गर्ने बताउनुभयो । सबै गतिविधि पारदर्शी रुपमा गर्दा पनि निगममाथि प्रश्न उठ्ने गरेको भन्दै उहाँले यसप्रति सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

यद्यपि सुधारको विकल्प थप सुधारबाहेक अरु केही नभएको उहाँको भनाइ छ । उहाँले निगमको कारोबारलाई नगदमा आधारितभन्दा लगानीमा आधारित बनाउनुपर्नेमा समेत जोड दिनुभयो । यसका लागि सिर्जनशील सोचको जरुरत भएको भन्दै उहाँले आफू निगममा रहँदासम्म यसका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले हाल पाइपलाइनबाट डिजेल मात्रै आइरहेकोमा पेट्रोललाई पनि पाइपलाइनबाटै ल्याउने प्रक्रिया अघि बढेको बताउनुभयो । साथै पोखरालगायत देशका विभिन्न डिपोहरुमा निर्माणधीन भर्टिकल ट्याङ्कहरुको निर्माण अन्तिम चरणमा पुगेको र इन्टरप्राइजेज रिसोर्स प्लान ९ईआरपी० सिस्टम पूर्ण कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले एक वर्षमा करिब रू ५० अर्बको नोक्सानी व्यहोरेको भन्दै पछिल्लो समय मूल्य घट्दा केही राहत भए पनि अझै पनि भारतीय आयल कर्पोरेसनलाई रू ११ अर्ब तिर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै तिर्न बाँकी रहेको जानकारी दिनुभयो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताउनुभयो । “पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुट्याउनुपर्छ । राजनीतिक वस्तुको रुपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रुपमा मान्ने हो भने यसमा राजनीतिकरण गर्नुहुन्न”, उहाँले भन्नुभयो ।

पेट्रोलियम ढुवानी राष्ट्रिय महासङ्घका महासचिव विश्व अर्यालले पनि पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रुपमा हेर्न नहुने बताउनुभयो । उहाँले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रुपमा प्रयोग नहुनेमा जोड दिनुभयो ।

त्यस्तै, नेपाल एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष कुशकुमार मल्लीले एलपी ग्यासको मूल्यजस्तै उद्योगि तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने बताउनुभयो । निगमले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको उहाँको गुनासो थियो । उहाँले भारतबाट आइरहेको एलपी ग्यासको गुणस्तरमा प्रश्न उठाउँदै यसलाई नियन्त्रण गर्न समेत आग्रह गर्नुभयो ।

“आईओसीले भरेर पठाउने ग्यास बुलेटमा कहिलेकाहिँ पानी भरिएर आएको देखियो । उद्योगहरुले रिफिल गर्दा यसको असर उपभोक्तासम्म पुग्यो,” उहाँले भन्नुभयो, “यसमा निगम र गुणस्तर तथा नापतौल विभागको समेत ध्यान जाओस् ।”

वार्षिकोत्स आयोजित कार्यक्रममा निगमको वार्षिक प्रकाशन ‘प्रभात’ विमोचन गरिएको थियो । कार्यक्रममा रू ५१ हजार राशीको सुवर्णविक्रम स्मृति पुरस्कार तथा पाँच जनालाई २५/२५ हजार राशीको ‘निगम प्रोत्साहित पुरस्कार’ वितरण गरिएको थियो । कार्यक्रममा निगममा २० वर्षदेखि निरन्तर काम गर्दै आउनुभएका कर्मचारीलाई दीर्घसेवा पदक तथा विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएका कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । रासस