१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु: प्रधानमन्त्री

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्नुहुँदै उहाँले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले निषेध अपमान, प्रतिशोध नभई सहमति, सहकार्यको राजनीतिक संस्कार अगाडि बढाउन चाहेको स्पष्ट पार्नुभएको छ । आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उहाँले विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पहुँच होइन विधिको शासन शुरु गर्ने र रु ६० खर्ब बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताउनुभयो ।

आफूले अगाडि बढाएको मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, ऊर्जा क्षेत्रको विकासमा खेलेको भूमिकाले आज देश अगाडि बढेको जानकारी दिनुभयो । आगामी छ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणमा भएको वेथितीको अन्त्य गर्ने र तीन चरणमा काम गर्ने गरी वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । रासस