२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छः अध्यक्ष गोल्छा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताउनु भयो । उहाँले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताउनु भयो । उहाँले मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो । उहाँले सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताउनु भयो । उहाँले बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्त सबल हुनेछ । आर्थिक परिदृश्य चुनौतिपूर्ण समयमा छौँ राजश्व घटेको छ, रोजगारी गुमाएका छन्, मुद्रास्फिीर्ति ८ देखि ९ प्रतिशतसम्म पुगेको छ । मनोबल गिरेको छ । तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको छ । केही सुधारका संकेत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बडढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ । सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन । मौद्रिक नीतिमा क्याकुलेटेट रेस्क लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ््ने हो भने हामी लक्ष्यअनुसार पुग्दैन । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्नेकुरामा सोच्नुपर्छ ।’

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताउनु भयो ।