१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

तपाई पृथ्वीनारायण शाहलाई कसरी हेर्नुहुन्छ ?

तपाई पृथ्वीनारायण शाहलाई कसरी हेर्नुहुन्छ ?
अ अ+ अ-

टिनिनिन्न घण्टी बज्यो फोनको । फोन रहेछ अनन्य मित्र डा. द्वारिकानाथ ढुङ्गेलको । उहाँले ठाडै सोध्नुभयो “‘तपाई पृथ्वीनारायण शाहलाई कसरी हेर्नुहुन्छ ?”

“त्यतिबेलाको अवस्थाको पृथ्वीनारायण शाहले जे गरे त्यो नेपालको एकीकरण पक्षमा थियो भन्ने दृष्टिकोण छ तसर्थ म उनको पक्षको हुँ” भनेँ ।

उसो भए तपाईलाई हरिप्रसाद सोडारीले फोन गर्नुहुन्छ भन्नुभयाे द्वारिकाले ।

नभन्दै १० मिनेटभित्रै उहाँको फोन आयो । उहाँले पृथ्वीनारायण शाहका बहुआयमिक पक्षलाई प्रकाश पार्न एउटा कृति प्रकाशित गर्ने प्रयत्न गरेको हुनाले एउटा लेख दिनुपर्यो भन्नुभयाे ।

“मेरो गहिरो पृथ्वीनारायण शाहबारे अध्ययन छैन । तसर्थ गहकिलो हुँदैन हलुका खालको मात्र हुन्छ” भनेँ । उहाँले भनेअनुसार नै एउटा त्यही पृष्टभूमिमा आएको हो यो सिकुटे लिखुरे ।

लडाइँका बेला नचिताएको पनि हुने

मेरो हेराईमा वि. सं. १९२५ इन्द्रजात्राको दिन साँचै गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए आज यो अवस्थाको नेपाल दक्षिण एशियाको भूगोलमा रहन्थ्यो, रहन्नथ्यो के हुन्थ्यो भन्न सक्तिनँ । त्यतिबेलाको भूगोलको यो पाटोमा जे जस्तो अवस्था थियो, सिङ्को नेपालको रूपमा सार्वभौम, स्वतन्त्र राष्ट्रको रूपमा उभिन दुर्लभ हुन्थ्यो होला भन्ने लाग्छ । यो काठमाडौँ खाल्डामै तीनवटा राज्य थिए ।

अरू बाइसे, चौबीसे राज्य । त्यति बेलाको नेपाल अहिले जस्तो पक्कै थिएन र उनले प्रयास नगरेको भए अहिले पनि अहिलेको जस्तो हुने थिएन, रहने थिएन । हो, एकीकरण गर्दा केही ठाउँमा रक्तपातपूर्ण लडाइँं नै भयो । दुवै पक्षका सपूतहरू मारिए । यो लडाइँको, युद्धको स्वभावै हो । यो प्रसङ्कमा कति ठाउँमा युद्धनीति विपरीत काम पनि भए भन्ने सुनियो । यस शिलशिलामा ज्यूँदा मान्छेको नाक कान काटिए भन्ने पनि नसुनिएको होइन ।

युद्ध हो, त्यो पनि वि. सं. १८२१ मा अन्याय भयो होला, अत्याचार भयो होला, हो त आखिर युद्ध एकीकरणको विशाल अभियान ।

विशाल नेपाल जोगाउन सकिएन

नेपाल एकीकरणको प्रयास त्यसपछि पनि निरन्तर नरहेको होइन । तर नेपालले जोरेको भूभाग टिष्टादेखि सतलजसम्म आफ्नाे कब्जामा दीर्घकालसम्म राख्न सकेन । सुगौली सन्धि गर्न विवश भयो तात्कालिक सरकार । किन विवश भयो त्यो सन्धि गर्न त्यसबेलाको सरकार, त्यसको विश्लेषण गर्न मेरो अल्प बुद्धिले भ्याउँदैन र यो सामग्री पनि मोटो हुन्छ । तसर्थ त्यता नजान अनुमति माग्छु । अझै पनि विशाल नेपालको सपना देख्ने देशभक्त धेरै हुनुहुन्छ । त्यो शक्ति सफल होस् आफ्नाेपावन लक्ष्यमा पुग्न मुटुदेखिकै शुभेच्छा र शुभकामना । तर त्यो मिसन त्यति सरल र सहज छैन । यो सबैले बुझेको विषय हो ।

गोरा गभर्नमेण्ट (अंग्रेज सरकार) सिङ्को नेपाल लिन धेरैपल्ट फकायो, हप्कायो, धम्कायो र अन्ततः आधुनिक हातहतियारद्वारा लडाइँंमा नै उत्रियो बारम्बार । तर देशभक्त नेपालीलाई परास्त गर्न सकेन । त्यतिबेलाका देशभक्त नेपाली वीरहरू कतै माथि डाँडाबाट ढुंगा गुडाएर गोरा फौजलाई धपाउँथे, कतै अरिङालको गोला फुटाई टोकाएर ब्रिटिश सेनालाई लघार्थे । कतै–कतै त सिस्नुघारीमा धकेलेर पनि भगाउँथे ।

अन्ततः हातहतियारमार्फत नेपाल कब्जा गर्न नसकिने ठहरमा पुग्यो ब्रिटिश भारत । सन् १८१४ र सन् १८१६ ती लडाइँका अन्तिम श्रृङ्खला थिए । अब अंग्रेजले कुटनीतिको राजनीति गर्न थाल्यो । नेपाली शासनका विभीषणहरू खोज्यो र तिनैमार्फत सन् १८१८ मा सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य पा-यो ।

सो सन्धिअनुसार विशाल नेपाल खुम्ची मेचीदेखि महाकालीबीचमा सीमित भयो । पृथ्वीनारायण शाह र उनका उत्तराधिराकीहरूले जोडेको विशाल नेपाल निक्कै सानो भयो ।

धुक्धुकी त पुस्तान्तरण गरौँ

विशाल नेपालको धिप्धिपे निभ्न दिन नहुने हो तर सजिलो छैन । मैले विशाल नेपालको पक्षमा उभिएकाहरूलाई सुझाव दिएको थिएँ कम्सेकम सन् २०१८ लाई सुगौली सन्धि भएको दुई सय वर्ष भयो भन्ने सम्झन पनि एक वर्षसम्म यथाशक्ति सार्वजनिक काम गरौँ । तर त्यसो गर्न, गराउन सकिएन । विशाल नेपालसम्बन्धी फिल्म (चलचित्र) प्रदर्शन गरेर भए पनि नयाँ पुस्तामा विशाल नेपालको धुक्धुकीलाई जोगाउन सकिन्थ्यो होला ।

त्यति पनि गर्न, गराउन सकिएन । कम्तीमा यो विशाल नेपालको धुक्धुकी नयाँ पुुस्तामा पुस्तान्तरण गर्न मात्र सकेको भए पनि अघिल्लो पुस्ताले ठूलो बलिदान गरी आर्जेको नेपालबारे जानकारीसम्म त हुन्थ्यो अवश्य । साँच्चै हाम्रो पुस्ता पछिका पुस्तालाई गुमेको भूमि त दिन सकेनौँ सन्देशसम्म त दिन सकिन्थ्यो । त्यति पनि सकिएन । त्यो गुमेको भूमि जोर्न र जोगाउन अद्वितीय योगदान गरेका पुर्खाका सामुन्ने कसरी मुख देखाउने ?

नेपालको भूभाग फिर्ता गर्ने मनसुवा

डायमनशमशेर राणाले भने अनुसार ब्रिटिश सरकारले भारतबाट विस्थापन हुनु अघि राणा सरकारसँग भनेको थियो रे “सुगौलीसन्धिले भारतभित्र पारिएका भूभाग नेपालले माग्यो भने हामी उक्त भूमि नेपाललाई फिर्ता दिन सक्छौँ । तर माग्न त नेपालले नै पर्यो ।”

उक्त भूमि नेपालले फिर्ता माग्ने आँट गरेन र मागेन । मागेको भए फिर्ता गर्थ्याे, गर्दैनथ्यो त्यो दोस्रो पक्ष भो । मेरो विचारमा फिर्ता दिन पनि सक्थ्यो । मेरो यो तर्कको आधार हिस्दुस्थान, पाकिस्तान विभाजन गरेर जाने ब्रिटिश सरकार नेपालको जमीन पनि फिर्ता गर्न सक्थ्यो भन्ने हो । ब्रिटिश भारत सरकारले नेपाललाई लडाइँमार्फत कब्जा गर्न नसकिने ठहरमा पुगेको थियो । अब नेपाललाई आफ्नाेस्वार्थ अनुरूप कायम राख्न सकभर नेपाल स्वतन्त्र, सार्वभौम र स्वायत्त भइरहोस् जसबाट नेपालमा आफ्नाे देशको बृहत्तर हित एवं स्वार्थका निम्ति प्रयोग र उपयोग गरिरहन सकियोस् भन्ने रणनीति लिए जस्तो लाग्छ ।

ब्रिटिश सरकारको आँखा तिब्बतसँग गाडिएको रहेछ । यसअघि र पछिका तिब्बतप्रतिको ब्रिटिशसत्ताको कृयाकलाप र चाख एवं चासोहरू हेर्दा म यो निर्णयमा पुगेको हूँ । राणाशासकहरूसँगको भेटघाटका बेलाका कुरा पढ्दा मेरो यस्तो दृष्टिकोण बनेको हो । यो मेरो दृष्टिकोण कल्पना होइन न त हो कविता नै ।

सानु तर कति सम्पन्न राष्ट्र

नेपाल बलियो राष्ट्र बनिरहोस् भन्ने ब्रिटिश भारत चाहनाका अरू दृष्टान्त प्रस्तुत गरुँ । नेपाल राष्ट्रमा एउटा पनि कलेज थिएन वि. सं. १९७३/७४ सालसम्म पनि । अंग्रेजी पढाई पनि धेरै पछिमात्र शुरू भएको हो, थापाथली दरबारमा अंग्रेजी पढाईका लागि स्कुल खोलेर । जसको नाम कालान्तरसम्म पनि दरबार स्कुल नै रह्याे । अहिले रानीपोखरी पश्चिम चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेको दरबार हाइस्कुल त्यही थापाथलीदरबारमा जन्मिएको हो । तर चन्द्रशमशेरले राज्य गर्दासमेत अंग्रेजीको उच्च शिक्षाप्रति राणाशासन वा राणाशासकहरूको ध्यानाकर्षण भएको रहेनछ । चन्द्रशमशेर श्री ३ भएकै बेला ब्रिटिश भारत सरकारका तर्फबाट कुरा ओछ्याइएछ ।

कथं अंग्रेजी सत्ता भारत छोडेर जाने अवस्था आयो भने त्यसपछिका सरकारहरूले नेपाललाई स्वतन्त्र राष्ट्रको हैशियतमा मान्न कम्तीमा केही आधारभूत पूर्वाधारहरू त चाहिए नि । तसर्थ सरकारले सोचोस् भन्ने जिरह गरिए छ । प्रस्ताव गरिएछ एउटा कलेज र एउटा बैँक । त्यही सन्दर्भमा खुलेको हो त्रिचन्द्र कलेज र नेपाल बैँक । यी कुरा पनि डायमण्ड शमशेरले रेडियो सगरमाथाको ‘उहिले बाजेका पालामा’ मसँग भन्नु भएको हो ।

साँच्चै नेपाल राष्ट्र विश्व भूगोलमा थियो । संसारको भूभाग मध्ये ०.३ प्रतिशत भूमिमा थियो औपचारिक रूपमा स्वतन्त्र पनि । तर पारिस्थितिकीय दृष्टिबाट साह्रै दुर्लभ । …भन्दा बढी पारिस्थितिकीय सम्पन्नता । चरा, पुतली, फूल फुल्ने वन र वनस्पतिका दृष्टिले औधी सम्पन्न राष्ट्र ।

घुस, रिश्वत उत्कोच

मनै न हो । म मेरै मूल्याङ्गन गर्दा आफूलाई हल्का फुल्का मान्छे ठान्छु । तसर्थ मबाट विद्वत्तापूर्ण र गम्भीर सामग्री एवं विषय आउँदैन । परन्तु आफ्नु कमीकमजोरी उदाङ्गिने दुईचार हरप अक्षरसँग खेल्न, हासपरिहास गर्न लोभिन्छु । त्यही श्रृङ्खलामा आएको हो यो प्रस्तुति पनि । एउटा कुरा स्पष्ट गरिहालुँ ।

पृथ्वीनारायण शाहका समग्र पक्षमा अध्ययन, मनन, चिन्तन, विश्लेषण एवं गवेषणा गर्दागर्दै कपाल फुलाएका, कपाल झारेका र दाँतसमेत फुक्लिसकेका कति आदरणीय विद्वान् हुनुहुन्छ । उहाँहरू सबैप्रति हार्दिक नमन गर्छु । पृथ्वीनारायण शाह घुस, रिश्वत, उत्कोचका तीव्र विरोधी थिए र नै लेखे, “घूष दिन्या र खान्या दुवै अपराधी हुन् र समान सजाय हुनुपर्छ यी दुवैलाई ।”कार्यान्वयन कति गरे मेरो अध्ययन छैन ।

तसर्थ यो फाटमा अघि नसरौँ । तर पृथ्वीनारायण शाहले पनि घुस दिन्या र घुस खान्या दुवै समान दोषी हुन् भने भन्ने आएपछि उनको पालामा पनि घुस चल्दोरहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अनि मनमा लाग्यो ‘घुसको नालीबेली खोतलूँ । तर मसँग त्यसरी खोतल्ने ज्यावल नै छैन । कसले वा ककसले दिँदो हो घुस । कति दिँदो हो । कहाँ दिँदो हो । अड्डा अदालतमा कि अन्यत्रै । पृथ्वीनारायण शाहका पालामा पत्रमुद्रा (नोट) नेपालमा जन्मेकै थिएन । चाँदीका टक मारेका महेन्द्रमल्ली हुन्थे । त्यतिबेला पनि खोटा मुद्रा चलनचल्तीमा यदाकदा फेला पर्थे । घुस भने चल्दोरहेछ ।

घुसको दर के कति थियो होला ?

पृथ्वीनारायण शाहका पालामा नेपाल कत्रो थियो ? अझ उनको नेपाल कत्रो थियो होला । त्यो राज्यमा जनसंख्या कति थियो होला । मुद्रा धातुकै हुनु स्वाभाविकै भयो । पैसा तामाको तिनन्नी, पचन्नी, मोहर, रुपिँया (डबल) चाँदीका थिए होलान् । पृथ्वीनारायण शाहका पालामा तिनन्नी, पचन्नी–क्रमशः १२ पैसा र २० टकमरी हुन्थ्यो, हुन्नथ्यो थाहा भएन । मानव समाजले आगो पत्ता नलगाउञ्जेल के मुद्रा थियो होला समाजमा जबकि धातु पगाल्ने अनि तरल बनाउने प्रविधि नै थिएन । हाम्रा पृथ्वीनारायणले गोरखामा राज्य गर्नुभन्दा सयौँ वर्ष पहिले नै धातु पगाल्ने र पगालेको तरल धातुबाट त जे पनि बनाउन सकिने युग थियो ।

सुन पगालेर तरलमा रूपान्तरण गर्ने सीप आएको पनि त लामो अवधि भइसक्यो । देवमन्दिरको धातुको छानुमा, पशुपतिनाथको पश्चिम प्राङ्गणमा स्थापित धातुमा निर्मित बसाह (साँढे) मा सुनको जलप लगाएको हो क्यार । हालै गोरखाको मनकामना मन्दिरको धातुको छानोमा सुनको जलप लगाइयो । त्यस्तै बौद्धनाथको स्तुपमा सुनको मोलम्बा लगाएको हो क्यार । मेरो जिज्ञासा पृथ्वीनारायणले घुस दिन्या लिन्या दुवैलाई अपराधी एवं घुस्याहा भनेकाले घुसको चल्ती रहेछ भन्ने टुङ्गाेमा पुग्न असहज भएन ।

उनको शासनकालमा कति अड्डा, अदालत थिए । के, के कस्ताकस्ता कामका लागि सेवा लिन अड्डा, अदालत जानुपर्थ्यो । के कस्ता बखेडा झिकेर सेवाग्राहीबाट घुस असुल्थे । घुसको रकम न्यूनतम र अधिकतम कति थियो । लेख्न पाएको भए कति परिपुष्ट हुन्थ्यो यो लेख ।

पृथ्वीनारायणको पालामा पनि चल्थ्यो घुस

घुस भनेको के हो ? यसको इतिहास कति लामो छ ? संसारमा घुस खाने, ख्वाउने देशमात्र छन् कि घुसप्रथा नभएका मुलुक, सरकार पनि छन् भन्ने जान्न मन लाग्यो । तर सामग्री कहाँ पाइएला पत्तो भएन । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक दिवसको दिन चिया खान बोलाउनुभएको थियो १५ असोज (अक्टुवर १) मा । त्यहाँ सयजना जति जेष्ठ नागरिक थियौँ । ज्ञानमणि नेपालजीलाई देखेँ र भेटेँ अनि सोधेँ “पृथ्वीनारयाण शाहको राज्यमा, राज्यकालमा घुस चल्थ्यो चल्दैनथ्यो होला ?”

“चल्थ्यो होला नत्र कसरी आउँथ्यो घुस खान्या र दिन्या दुवै अपराधी हुन् भन्ने कुरा” भन्नुभयाे ।

प्रा. दिनेशराज पन्तजीसँग यस्ता दुर्लभ कुराको ज्ञान धेरै हुन्छ । त्यसैले एकपल्ट सोधेर दुःख दिऊँ जस्तो लाग्यो । नभन्दै सोधेँ पनि । उहाँले पनि सहसा उत्तर दिनुभयो “घुस प्रथा थियो होला र त घूष दिन्या र खान्या दुवै अपराधी हुन् । दुवैलाई दण्ड दिनु भनेका होलान् । अन्यथा किन त्यसो भन्थे र ?” भन्नु भो ।

घुसबारेको प्रसङ्कमा पृथ्वीनारायणले घुस्याहा (घुस ख्वाउने र खाने) दुवैलाई अपराधी भने । अपराधीमात्र भनेर उनको कर्तव्य पूरा भएको ठानेनन् र अझ अघि बढेर त्यस्ता अपराधी दुवैलाई दण्ड दिनुसम्म भने । कति अपराध माफ पाउने तहका हुन्छन् । तर घुस दिने खाने दुवैलाई दण्ड दिनुसम्म पनि भने ।

घुस दिनेलाई दण्ड दिन सकिँदैन ?

घुसकै प्रसङ्मा कुराकानी अघि बढ्दा ज्ञानमणिजीले “घुस भनेको त्यस्तो विषय वा वस्तु हो जो कति बेला खान्छ भन्न सकिँदैन” भन्नुभयाे ।

ज्ञानमणिजी विद्वान् मान्छे, एउटा दृष्टान्त पनि उल्लेख गर्नुभयो र भन्नुभयाे “घुसलाई चाणक्यले राम्रोसँग उल्लेख गरेका छन् । उनले भनेका छन् रे ‘माछाले कुन बेला पानी खान्छ थाहा नै हुँदैन । किनभने माछा सधैँ र हमेसा पानीमा नै हुन्छ । पानी नै माछाको जीवन हो, संसार हो । प्राणी भएपछि पानी खानै पर्छ तर माछाले कुन बेला, कति पानी खान्छ भन्ने थाहा हुँदैन भन्ने उदाहरण दिएका छन् रे । त्यस्तै घुस खाने मान्छेले कुन बेला कोसँग कति घुस खान्छ थाहा पाउन सहज हुँदैन भन्ने सारांश छ रे ।”

मेरो जिज्ञासा पृथ्वीनारायण शाहको घुसप्रतिको कठोर र निर्मम नीति घुस खाने र खुवाउने दुवैथरीलाई एउटै कोक्राेमा राखी दण्ड दिने (भकुर्ने) नीतिबाट प्रभावित भएर यो कलम घोट्ने जाँगर चलाएको हुँ । वर्तमानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । बाहिरबाट हेर्दा मोटोघाटै देखिन्छ । तर परिणाम हेर्दा सन्तोष गर्ने ठाउँ भेटिँदैन । पृथ्वीनारायणले भनेझैं घुस खाने उपर यसो केही गर्न खोजे जस्तो देखिन्छ ।

तर घुस खुवाउनेहरूउपर कारबाही चलाएको चर्चामा आउँदैन । पृथ्वीजयन्ती मनाउनेबारे बिदा दिने नदिनेबारे चर्चा हुन्छ । तर घुसको क्षेत्र र रकम चर्कोसँग वृद्धि भयो भन्ने सुनिन्छ । पृथ्वीनारायणले भनेझैं घुस खुवाउनेलाई पनि दण्ड गर्नेतिर लागौँ न त ।

– हरिप्रसाद सोडारीले  सम्पादन गर्नुभएको पुस्तक अनेकन दृष्टिमा राष्ट्रनिर्माताबाट साभार  (रिसाल वरिष्ट पत्रकार हुनुहुन्छ)