१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बुवाको प्रतीक्षाको २४ बर्ष, जसलाई बोलेकै कारण गुमनाम पारियो

बुवाको प्रतीक्षाको २४ बर्ष, जसलाई बोलेकै कारण गुमनाम पारियो
अ अ+ अ-

गोरखाको सिरानचोक गाउपालिका ३ मा जन्मनुभएका राजेन्द्र ढकाल नेपाल ल क्याम्पस बाट कानुनमा स्नातक गरेपछी ल फर्म खोलेर गरीब जनताको पक्षमा बिनापारिश्रमिक कानुनी सेवा उपलब्ध गराउनु हुन्थ्यो । गोरखा बारको अध्यक्ष पनि रहनुभएको ढकाल जनादेश पत्रिकाको प्रतिनिधि पत्रकार पनि हुनुहुन्थ्यो ।

उत्पीडित जनताको पक्षमा र सामन्ती राज्यसत्ताको विरुद्धमा बोलेकै कारण पटकपटक यातना भोग्न बाध्य राजेन्द्र ढकाललाई २०५५ साल पुष २४ गते राज्यले प्रकाउ पारेर अहिलेसम्म बेखबर पारेको छ ।

आज मनका कुरा भन्न हामी कसैले कसैसँग डर मान्नुपर्दैन । राज्य सयन्त्रका विरुद्ध जसले पनि बोल्न सक्छ । तर यहि ब्यबस्था ल्याउन लड्ने ढकालहरु बोलेकै कारण कहिलेसम्म गुमनाम हुनुपर्ने रु गणतन्त्र आएको यतिका बर्षसम्म पनि परिवारको काम बर्ष गन्ने र प्रतीक्षा गर्ने भन्दा अरु हुन नसक्नु कति दुखदायि छ । सहिद परिवारको बरु पीडाको बीचमा पनि अब कैले पनि भौतिक रुपमा फर्कदैन भन्ने एक किसिमको ढुक्कता छ तर बेपत्ता योद्धाको सम्बन्धमा आफ्नो परिवारको सदस्यको अनिश्चित पर्खाइमा रहदा को पिडा जोकोहीले बुझ्न नसक्ने रहेछ ।

पार्टीसग गुनासो

माओवादी पार्टीले सहिद बेपत्ता परिवार प्रति गरेको बेवास्ता खेदजनक छ । जो योद्धाले सामुहिक हित र पार्टीको लागि आफ्नो जिन्दगीको आहुति दियो त्यति पार्टीमा ब्यक्तिकेन्द्रीत प्रवृत्ति मौलाउनु दुखद छ । पार्टीलाई अहिले सहिद बेपत्ताको स्मृति दिवस सम्झने सम्म फुर्सद छैन । पार्टी पतन हुनु पछाडीको कारण खोज्न अन्त भौतारिनु आबश्यक छैन । सहिद बेपत्ताको दैलोमा कति टेक्छन जिम्मेवार नेताहरु ? के सहिद बेपत्ता परिवारले पार्टिको भर पाएका छन् ? के परिवारले आफ्नो सदस्यको योगदानमा गर्ब गर्न सकेका छन् ?

सरकारसग अपेक्षा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई त्यो ठाउँमा पुर्याउन गोरेटो खन्ने योद्धाहरुको बारेमा उहाँ गम्भीर हुनैपर्छ । शान्ति प्रक्रियाको बाकी कार्यभारको रुपमा रहेको संक्रमणकालिन न्याय प्रक्रियाले मुर्तरुप पाउनेमा हामी यसपटक आशाबादी छौं । यो प्रक्रियालाई गिजोलेर कुनै पनि राजनितीक दलले आफ्नो राजनीतिक स्वार्थ पुरा नगरोस् । एककिसिमको सहमतिको सरकार बनेको अहिलेको अबस्थामा हामी हाम्रो परिवारको अबस्थाको थाहा चाहन्छौ ।

राजेन्द्र ढकालकी छोरी मञ्जिमा ढकालको फेसबुकबाट

https://www.facebook.com/manjima.dhakal/videos/495021042760951