११ श्रावण २०८३, सोमबार
,
Latest
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईनल प्रवेशका लागि लुम्बिनीले जनकपुरलाई दियो १४४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई जितको लागि १ सय ४४ रनको लक्ष्य दिएको छ ।

किर्तिपूरको टियू मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाए भने अनिल शाहले २४ रन बनाए । विपुल शर्माले २० रन बनाउँदा श्याड्ली भान १७ रनमा अविजित रहे । यस्तै लाहिरु मिलान्थाले १६ रन बनाए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ विकेट लिए भने पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।

आजको बिजेताले फाईनलमा सिधै स्थान बनाउँने छ भने पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

लुम्बिनी र जनकपुरले यस लिगको समूह चरणमा भएको दुई खेलमा एकआपसविरुद्ध १/१ खेल जितेका छन् ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।