३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लेखनाथवासीको आशा– विमानस्थल बन्यो अब विकास होला कि ?

लेखनाथवासीको आशा– विमानस्थल बन्यो अब विकास होला कि ?
अ+ अ-

पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् ।

तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार विकास नहुँदा र बत्ति मुनीको अँध्यारोमा रहेको गुनासो गदै आएका छन् ।

यद्यपि हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पूर्वाधार विकासमा सरकारले ध्यान दिएर पर्यटकीय गतिविधि बढाउन सकेमा लेखनाथको समग्र विकासमा भूमिका खेल्ने विश्वास लेखनाथबासीको छ ।

“सात तालको बाटिका शहर” परिचय बनाएको लेखनाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रको पूर्वाधार विकासको खाँचो रहेको बताउनुहुन्छ लेखनाथ होटल एशोसियशनका अध्यक्ष विरभद्र कँडेल ।

“लेखनाथ असाध्यै सुन्दर गन्तव्य हो, प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक हरेक कुराले भरिपूर्ण लेखनाथ सधै ओझेलमा छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि भने यस क्षेत्रको पूर्वाधार विकासमा सरकारको ध्यान जान्छ कि भन्ने आशा लिएका छौ ।”

उहाँका अनुसार पहिले सञ्चालित विमानस्थलबाट लेकसाइड नजिक पर्दथ्यो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड र लेखनाथको बेगनास तालसम्मको दूरी उस्तै भएकाले पर्यटक लेखनाथसम्म आउने अपेक्षा गरिएको छ ।

लेखनाथमा रहेका रुपा, वेगनास, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी जस्ता रमणीय तालका साथै यहाँबाट आठ हजार मिटरभन्दा अग्ला धौलागिरि, अन्नपूर्ण, मनास्लु जस्ता हिमश्रृंखलाहरु देख्न सकिन्छ । त्यति मात्रै होइन, प्रिन्स चाल्र्स रोयल टे«क, चरा पर्यटन, लेखनाथको जन्मस्थल अर्घौ अर्चले, पचभैया, देउराली, चिडियाखाना, वराह क्षेत्र जस्ता निकै महत्व बोकेका पर्यटकीय गन्तव्यसँगै सुन्दर दृश्यवलोकन गर्न सकिने यस क्षेत्रको विकासमा तीनै तहको सरकारले जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ ।

विसं २०३७ मा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि यो बाटो रोयल ट्रेकका रूपमा चर्चित भए पनि यसको प्रवद्र्धन हुन नसकेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनसँगै लेखनाथ आसपासको ग्रामीण पर्यटन प्रवद्र्धन पनि गर्न सकिने उहाँको भनाइ छ ।

लेखनाथ विकास मञ्चका संयोजक एवम सामाजिक अभियन्ता सन्दीप पौडेल साविक लेखनाथलाई पोखरासँग जोडेर महानगर बनाउँदा विकासका धेरै आश्वासन पाएको तर पछिल्लो समय विजयपुर खोला वारीका समस्यामा नेतृत्वले कहिल्यै ध्यान नदिएको गुनासो गर्नुभयो ।

“हामीले धेरै आश्वासन पायाँै, पोखरा–२६ सिलिङ्गेमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने भनेर पाँच सय रोपनी जग्गा छुट्टाएर राखिए पनि योजनामा समेटिएन”, उहाँले भन्नुभयो, “बेगनास तालको बसपार्क, प्रदेशस्तरी बसपार्क, सातताल जोड्ने योजना, धार्मिक पर्यटन प्रवद्र्धनका कैयन विषय भए पनि योजनामा परेनन् ।”

साथै तालचोक–बेगनास तालसम्म पर्ने बाटोको दुराबस्थाले पनि पर्यटकलाई सास्ती भएको, पूर्वाधार विकासको अभावमा यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको र पर्यटकको बसाइ लम्बाउने गतिविधि हुन नसकेको गुनासो गर्नुभयो ।

उहाँका अनुसार बिदाका दिन तीन हजारदेखि पाँच हजारसम्म र सामान्य दिनमा एक हजारको हाराहारीमा बेगनास र रुपा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आउने भएपनि बेलुका भने पोखरा नै फर्कने गरेका छन् ।

जग्गाको मुआब्जा दिने गरी रुपातालमा बाँध बाँधेर करिब रू ६ अर्बको वृहत परियोजना एकीकृत रुपाताल विकास समितिमार्फत् भइरहेको र करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तत्काल केही समस्या देखिए पनि यसको समाधानसँगै समग्र पोखरा र गण्डकी प्रदेशकै पर्यटन विकास हुनेमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

“नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय बजार जोड्ने पहुँचको मार्ग बन्यो, पूर्वाधार बनेपनि सञ्चालनका चुनौती छन्, हवाई रुट सम्झौतापछि समस्या समाधान हुन्छ”, भण्डारीले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय बजारसँग जोडिनेछ पर्यटक आवागमन स्वतः बढ्ने छ त्यसैले अब थप आवश्यक पूर्वाधारमा ध्यान दिनुपर्छ ।”

उहाँले विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय बजारका रुपमा सार्कका सबै देश, चीनका दक्षिण भेगका शहरहरु, थाइल्याण्ड, हङकङ, मलेसिया जस्ता गन्तव्यमा न्यारो बडी विमानमार्फत् जोड्न सकिने र यसले पर्यटन प्रवद्र्धन सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

“डुङ्गा चढ्न मात्र बेगनास र रुपा किन जाने रु वेगनासताल वरिपरि फुट ट्रेल, हाइकिङ रुट, विपश्यना ध्यान केन्द्रको प्रचार–प्रसार होस्, जुलोजिकल पार्क विकास होस्”, उहाँले भन्नुभयो । लगानीमैत्री वातावरण बनाएर वृहत विकासका लागि एकीकृत सोच र धारणाको खाँचो औल्याउँदै प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मानिसको जीवनस्तर उकास्ने पर्यटकीय गतिविधिको खोजी अब लेखनाथमा हुनुपर्ने उहाँको धारणा छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथको पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सुन्दर र शान्त वातावरण मनपराउने पर्यटकका लागि लेखनाथमा प्रशस्त सम्भावना छन्, सडक पहुँचदेखि थप पूर्वाधार विस्तारमा जोड दिनुपर्छ ।”

उहाँले विजयपुल विस्तारसँगै पोखरा मुग्लिङ सडक खण्ड विस्तार, सातताल जोड्ने सहज पहुँचमार्ग तत्काल आवश्यकता र विकासमा साझेदारीता आवश्यकता रहने भएकाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिए निजी क्षेत्र लगानी गर्न तयार र उत्साहित रहेको बताउनुभयो ।

आत्रेयले पछिल्लो समय बेगनासताल किनारको माझीकुना साथै रुपातालमाथिको झोलुङ्गे पुल, सुन्दरी डाँडा र पचभैया, बराह क्षेत्र पर्यटकको रोजाइमा परेकाले यस्तै पूर्वाधार विकास गरेर पर्यटकलाई थप आकर्षित गर्न सकिने बताउनुभयो ।

पर्यटकीय विकाससँगै यस क्षेत्रको उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सङ्घले वर्षेनि महोत्सव गर्दै आएको पनि जानकारी दिनुभयो । उहाँले पोखरा शहरमा शहरीकरणसँगै ट्राफिक जाम निकै बढ्दै गएकाले अब प्राकृतिक शान्त वातावरण चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि लेखनाथ एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त समेत व्यक्त गर्नुभयो । रासस