१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने

सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताउनुभएको छ ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनैपनि प्यारामिटरहरु परिवर्तन वा सरकार नयाँ कुनै निर्णय बिना उच्च मनोबलको कारण लगातार रुपमा वृद्धि भइरहेको बताउनु भयो । अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने,तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताउनु भयो ।

उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको कारण भएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको बताउनु भयो । उहाँले उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय न लाग्ने बताउनु भयो ।

उहाँले सरकारले उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुने खालको नीतिगत व्यवस्था ग¥यो भने व्यवसायी र अर्थतन्त्र दुवै सकारात्मक बाटोमा जाने उल्लेख गर्नुभयो । उहाँले मुलुकमा जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनु भयो । अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने बताउनु भयो ।

अध्यक्ष अग्रवालले भन्नुभयो,‘ नयाँ सरकार बनेसँगै शेयर बजारमा लगातार रुपमा वृद्धि भइरहेको छ । तर मुलुकको अर्थतन्त्रका केही प्यारामिटरहरु परिवर्तन भएका छैनन् । कुनै नयाँ निर्णय भएको छैन । जुन उच्च मनोबलका कारणले भएको छ । वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल बढाउने हिसावले कदमहरु चाल्यो भने संकटमा रहेको अर्थतन्त्र लयतमा तुरुन्तै जान्छ । नेपालको अर्थतन्त्र धेरै ठूलो होइन । धेरै ठूलो कमप्यक्स पनि छैन ।’

‘हामी उद्योगी व्यवसायीहरुलले अर्थमन्त्रीसँगको भेटमा कुरा गरेका छौं । प्रधानमन्त्रीलाई पनि त्यही तरिकाले निवेदन गरेका छौं । यस्तो काम गर्दा अर्थतन्त्र निकासतिर जानसक्छ भनेर भनेका छौं । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च हुने खालको नीतिगत व्यवस्था ग¥यो भने आफैँ उद्योगी व्यवसायीहरु सकारात्मक बाटोमा जान्छौं । जुन तरिकाले अहिले नकारात्मक रुपमा गएका छौं । त्यही तरिकाले सकारात्मकतिर गइहाल्छौं । जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोवल उच्च राख्न आवश्यक हुन्छ ।’

‘व्यवसायीहरुले मनोवल उच्च राख्न दुई प्रतिशत बैंकको ब्याज घटाउन वातावरण मिलाउनु,तरलता सहजताका लागि सकारात्मक निर्णयहरु लिनुस्,एलसी मार्जिनक कम गरिदिनुस् भनेका छौं । सरकारले यस्ता कदम सरकारले चाल्यो भने उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुन्छ । अर्थतन्त्र सकारात्मक बाटोमा जान्छ र उच्च रुपमा गिरावट आएको माग पनि बढ्छ । उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायमा लगानी पनि गर्न थाल्छन् ।’

अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको बताउनु भयो । उहाँले शेयर बजार,घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको बताउनु भयो ।