१७ श्रावण २०८३, आईतवार
,
Latest
आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय… मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता



अ+ अ-

काठमाडौँ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ ।

बिहीवार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना गरेर बुधवार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो ।

पुस ५ मा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघ सहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो । समानान्तर संघ भएपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहनेगरी तेक्वान्दो महासंघ गठन गरेको थियो । असन्तुष्टि जनाउँदै नेपाल तेक्वान्दो संघ अदालत पुगेको थियो ।

पुस २० गते बुधवार दुवै पक्षलाई छलफलमा बोलाएर अदालतले पुस ५ गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुद मन्त्रीस्तरिय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभए सम्मकालागि कार्यन्वयन नगर्नु,नगराउनु भन्दै अन्तरिम आदेश दिएको पत्रकार सम्मेलनमा जानकाकरी दिएको छ ।

पत्रकार सम्मेलनमा उच्च अदालत पाटनको आदेश स्वागतयोग्य रहेको भन्दै नेपाल तेक्वान्दो संघका पदाधिकारले निर्णयको स्वागत गरेका छन् । संघले नेपाली खेलाडी र खेलकुदमा लागेको पादधिकारीको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।