४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनु पर्दछ: राष्ट्रपति  विद्यादेवी भण्डारी

स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनु पर्दछ: राष्ट्रपति  विद्यादेवी भण्डारी
अ+ अ-

जुत्ता उत्पादक संघ नेपालद्वारा आयोजित ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’को उद्‍घाटन समारोहमा उपस्थित भएर यस क्षेत्रसँग सम्बद्ध उद्यमी‚ व्यापारी र उपभोक्ताहरूसँग साक्षात्कार गर्ने अवसर पाएकोमा मलाई खुसी लागेको छ ।

नेपाली औद्योगिक उत्पादनहरूको प्रवर्द्धन हुने यस अवसरलाई सकारात्मक रूपमा लिंदै उद्यमीहरूको आत्मविश्वास उच्च राख्न र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न नीतिगत पहलका लागि समेत प्रदर्शनीले योगदान गर्ने अपेक्षा मैले लिएको छु ।

यस महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा म आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु र प्रदर्शनीको पूर्ण सफलताको कामना गर्दछु ।  ‘स्वदेशी उत्पादनमा आत्मनिर्भरता नै समृद्धिको आधार हो’ भन्ने मूल आदर्शलाई यस प्रदर्शनीले अनुसरण गरेको छ ।

यस प्रदर्शनीले नेपालमा उत्पादित जुत्ता‚ चप्पल लगायतका वस्तुहरूलाई उपभोक्ता र विक्रेतासम्म पुर्‍याउने कार्यमा योगदान गर्नुका साथै नेपाली उत्पादनप्रति विश्वसनियता जगाउन समेत भूमिका खेल्ने आशा व्यक्त गर्दछु ।

घरेलु उद्योगको रूपमा रहेका नेपाली फुटवेयर उद्योगका उत्पादनहरूले स्वदेशी जुत्ता–चप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाखभन्दा बढी जनङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको कुरा थाहा पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

साथै‚ कतिपय नेपाली ब्राण्डका फुटवेयर उत्पादनहरूले अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रियता हासिल गर्न सफल भएको कुरा मलाई जानकारी छ । हाम्रा उत्पादनहरूलाई गुणस्तर सहित ब्राण्डिङ गर्न सकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुन सक्छ भन्ने यसबाट प्रस्ट हुन आउँछ ।

त्यसैले, बजार विस्तारमा प्राप्त हुने अवसरहरूको खोजी गर्दै त्यस्ता अवसरहरूको सदुपयोग गर्न पनि म यहाँ उपस्थित उद्यमी समुदायसँग आग्रह गर्न चाहन्छु ।

आजको प्रतिस्पर्धी विश्वमा कतिपय अवसरका ढोकाहरू छोटो समयका लागि मात्र उपलब्ध हुन सक्दछन् भने कतिपय अवसरका लागि उत्पादनको विविधीकरण एवम् उपभोक्ताको रूचिमा निरन्तर ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल सरकार र उद्यमीहरू बीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवं निर्यात अभिवृद्धिमा ठोस उपलब्धी हासिल गर्नका लागि यो प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएको छु ।

मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अत्यावश्यक छ । नेपाली श्रम‚ सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्न सके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवेयर उत्पादन उद्योगले पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पुर्‍याउनु पर्दछ ।

यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ ।

हामीले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौं ।

ती क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी हामी सबैको हुन गएको छ ।

तसर्थ, निजी क्षेत्र र सरकारले आपसमा उच्च स्तरको समझदारी विकास गरी मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको छ ।

यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुका साथै रोजगारी र उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन समेत रोक्न सकिन्छ भन्ने मलाई लाग्दछ ।

अर्थव्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैं उच्च राख्न अति आवश्यक हुन्छ भन्ने पक्षलाई हाम्रा प्राचीन शास्त्रहरूले समेत सधैं सम्झाएका छन् ।
नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहले नयाँ सीप सिकेर स्वदेशी उत्पादनमा जोड दिने नीति लिन र व्यापार विस्तार गर्न आफ्ना उपदेशमार्फत दुई शताव्दी अघि नै हामीलाई सम्झाउनु भएको छ ।

आदिकवि भानुभक्त आचार्यको एउटा प्रसिद्ध सन्देश छ( ज्युँदै मर्‍याको भनी नाउँ कस्कोरु उद्यम बिना बित्तछ काल जसको । अर्थात्, कुनै उद्यम र इलम बिनाको मानिस ज्युँदै मरे समान हुन्छ ।

तपाईं उद्यमीहरूले यसलाई मनन् गर्नुभएको छ र उद्योगमार्फत मुलुकको सेवा गरिरहनुभएको छ ।  हामीले आफ्नै इतिहासमाथि न्याय गर्न समेत आफ्नो क्षमताको पहिचान र उपयोग गर्नु आवश्यक छ ।

राष्ट्रपति  विद्यादेवी भण्डारीले जुत्ता उत्पादक संघ नेपालद्वारा आयोजित ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९’ को उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधनबाट