२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: फार वेस्टले काठमाडौंलाई ८४ रनले हरायो



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई ८४ रनले पराजित गरेको छ ।

किर्तिपुरको टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो ।

काठमाडौंका लागि ब्याटिङमा कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७र१७ रन बनाए भने सुनाम गौतम १६ रनमा आउट भए । विरनदिप सिंहले १४ रन जोडे भने सन्तोष कार्की १२ रनमा आउट भए ।

फार वेस्टका लागि बलिङ गरेका करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २/२ विकेट लिए । यस्तै मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले भने समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो । फार वेस्टका लागि विनोद भण्डारी र कप्तान हजमतुल्लाह शाहिदीले १ सय ५७ रनको शतकीय साझेदारी खेले । नेपाल टी–२० लिगको ईतिहासमा यो सबैभन्दा ठूलो साझेदारी हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । यस्तै भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए। करण केसीले २२ रन जोडे भने उमर अलिले ७ रन बनाए ।

काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा तिन विकेट लिए भने अविनाश बोहोराले १ विकेट लिए ।

फार वेस्टले आठ खेलमा दुई जित हात पारेर ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ भने काठमाडौं नौ खेलमा चार जित पाँच हारसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । दुबै टिम प्लेअफमा जाने उत्तिकै सम्भावना रहेको छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।