११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: फार वेस्टले काठमाडौंलाई ८४ रनले हरायो



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई ८४ रनले पराजित गरेको छ ।

किर्तिपुरको टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो ।

काठमाडौंका लागि ब्याटिङमा कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७र१७ रन बनाए भने सुनाम गौतम १६ रनमा आउट भए । विरनदिप सिंहले १४ रन जोडे भने सन्तोष कार्की १२ रनमा आउट भए ।

फार वेस्टका लागि बलिङ गरेका करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २/२ विकेट लिए । यस्तै मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले भने समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो । फार वेस्टका लागि विनोद भण्डारी र कप्तान हजमतुल्लाह शाहिदीले १ सय ५७ रनको शतकीय साझेदारी खेले । नेपाल टी–२० लिगको ईतिहासमा यो सबैभन्दा ठूलो साझेदारी हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । यस्तै भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए। करण केसीले २२ रन जोडे भने उमर अलिले ७ रन बनाए ।

काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा तिन विकेट लिए भने अविनाश बोहोराले १ विकेट लिए ।

फार वेस्टले आठ खेलमा दुई जित हात पारेर ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ भने काठमाडौं नौ खेलमा चार जित पाँच हारसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । दुबै टिम प्लेअफमा जाने उत्तिकै सम्भावना रहेको छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।