२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: किर्तिमानी साझेदारीमा फार वेस्टले काठमाडौंलाई दियो १९८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । काठमाडौंमा जारी रहेको नेपाल टी–२०लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई जितको लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।

किर्तिपूरको टियू मैदानमा भएको खेलमा फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो । फार वेस्टका लागि विनोद भण्डारी र कप्तान हजमतुल्लाह शाहिदीले १ सय ५७ रनको शतकीय साझेदारी खेले । नेपाल टी–२० लिगको ईतिहासमा यो सबैभन्दा ठूलो साझेदारी हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । यस्तै भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए। करण केसीले २२ रन जोडे भने उमर अलिले ७ रन बनाए ।

काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा तिन विकेट लिए भने अविनाश बोहोराले १ विकेट लिए ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।