१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै

उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै
अ अ+ अ-

उदयपुर । परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ ।जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ–४ बलाम्ता लाकुका कृषक गोविन्द राई भन्नुहुन्छ, “विगतमा गाउँको खाली जग्गा बारीमा सबैले अनिवार्य कोदोखेती गर्दथे, हिजोआज अधिकांश पाखाबारी जग्गा बाँझै रहन्छ, अनि कोदो खेतीतिर पनि कृषकले मन दिन छाडेपछि फाटफुट्ट मात्र कोदो खेती हुने गरेका कारण उत्पादन घट्दै गएको हो ।”

रौतामाई –४ आँपटारका कृषक लोकबहादुर राईका अनुसार कोदो नै खान र कोदोमा नै निर्भर हुने चलन हराएको र सबैले चामल नै किनेर खान थालेपछि गाउँघरमा कोदो खेतीमा कमी आएसँगै उत्पादनमा पनि कमी आएको हो ।

रौतामाई गाउँपालिका बोलुङखाका कृषक प्रेमप्रसाद काफ्लेले गाउँघरमा कोदोको ढिँडो खाने चलन पनि घट्दै गएको र कोदो खेती हुने बारीमा कोदो धेरै कृषकले खेती नै गर्न छाडेका कारण उत्पादन पनि घट्दै गएको बताउनुभयो ।

त्रियुगा –१५ खाँबुका कृषक जोगबहादुर पुलामी मगरले १० वर्षअघिसम्म पनि आफूहरुको गाउँको अधिकांश घरजग्गा पाखाबारीमा धेरै कोदोखेती हुनेगरेको भए पनि अहिले गाउँका अधिकांश युवा विदेश भएका कारण पाखाबारी जोतेर कोदोखेती नै हुन छाडेको बताउनुभयो ।

गाउँमा बस्ने बूढाबूढीले जबरर्जस्ती बारी खनेर केही जग्गामा मात्र कोदोखेती गर्ने गरिएका कारण कोदो उत्पादन पहिलेको जस्तो नभएको उहाँको भनाइ छ । ताप्ली गाउँपालिका पीपल भञ्ज्याङ तथा ओख्लेका कृषक दिलबहादुर राईका अनुसार आजभन्दा २०÷२५ वर्ष अगाडिसम्म गाउँका अधिकांश पाखाबारीमा कोदोखेती मात्र हुने गरेको भए पनि कोदो उत्पादनले जीवन यापन हुन समस्या हुन थालेपछि १५ वर्षयता आएर अधिकांश गाउँलेले कोदो फल्ने बारीमा व्यावसायिक सुन्तलाखेती सुरु गरेपछि गाउँमा प्रायः केही कृषकले थोरै जग्गामा कोदोखेती गर्ने गरेको जनाइएको छ ।

गढी गाउँपालिका डुम्रेका कृषक टोपबहादुर घलेमगर भन्नुहुन्छ, “पहिला–पहिला पर्याप्त चामल प्राप्त नहुँदा बाध्य भएर गाउँघरमा भात खानका लागि पनि धेरै कोदो उत्पादन गर्न पर्दथ्यो, हिजो आज गाउँघरमा सबैले चामल नै अन्नका रुपमा प्रयोग गर्छन्, कोदो सामान्य उत्पादन गरे पनि जाँड पकाउने र खाने, केही कोदो सहर, बजारको होटलमा जाँड तोङ्बा, बनाएर बिक्रीका लागि मात्र कोदो प्रयोग हुने गरेको छ ।”

अहिले गाउँमा विगतको जस्तो कोदो भातका रुपमा नै खानुपर्ने बाध्यता नभएका कारण कृषकले घरबारी पाखा जग्गामा कममात्रमा कोदो खति गर्ने गरेका कारण उत्पादनमा कमी आएको उहाँ बताउनुहुन्छ ।

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार आजभन्दा १० वर्ष अगाडिसम्म जिल्लाको झण्डै सात हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको थियो ।

विसं २०७८/७९ मा जिल्लामा दुई हजार ७६८ हेक्टर क्षेत्रफलमा मात्र कोदोखेती भएको थियो भने पाँच हजार चार सय ५२ मेट्रिकटन कोदो उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी महेश चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष पनि सरदर दुई हजार ६५० हेक्टरमा कोदो खेती भएको र झण्डै चार हजार सात सय ७० मेट्रिकटन मात्र कोदो उत्पादन भएको जनाइएको छ । जिल्लामा कोदोखेती घट्ने र उत्पादन कम हुँदै जानुमा अधिकांश पहाडी क्षेत्रका युवा विदेश पलायन हुनु र कोदोखेती गर्ने जनशक्तिको अभाव हुनु, पहाडी क्षेत्रका पाखाबारीमा हिजोआज कृषकले कोदोखेतीभन्दा अन्य फलफूल, सुन्तलालगायतका वैकल्पिक नगदेबालीको खेती गर्ने कारण पनि कोदो खेती र उत्पादनमा कमी आएको जनाइएको छ ।

विसं २०५० सम्म जिल्लामा सरदर १० हजार हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको थियो भने हाल दुई हजार ७६८ हेक्टरमा मात्र खेती गरिएकोे प्राविधिक मोहन फुयाँल बताउनुभयो ।