५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोल्ड ड्रिंक्सको हट कन्ट्रोभर्सी !



अ+ अ-

काठमाडौं । युरो २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि म्याच कन्फरेन्सको हो । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रि कन्फरेन्सका बेला कोका कोलाका दुईवटा बोतल आफ्नो अगाडिबाट हटाएका थिए ।  त्यतिबेला रोनाल्डोले आफ्नोअघि राखिएका कोकका दुई वटा बोतल हटाएर कोक होइन पानी पिउनुपर्छ भनेका थिए । रोनाल्डोको त्यो भनाईले कोकाकोला कम्पनीलाई ४ अर्ब डलरको नोक्सान भएको कुरा बाहिरिएको छ ।

कोकमा अत्याधिक चिनी हुने र बिना पौष्टिक तत्वको पेय पदार्थ भएकोले यसमा भएको विशेष किसिमको स्वादले स्वास्थ्यमा धेरै असर गर्ने गर्छ। ३ सय मिलिलिटरको कोकमा १० चम्चा चिनी हुन्छ तर पनि मानिसहरुले यसमा अत्याधिक गुलियो छ भन्ने कुरा महशुस नै गरिरहेका हुँदैनन् । विश्व स्वास्थ्य संगठनको भनाइ अनुसार एउटा मानिसले एकदिनमा ५ ग्राम, अर्थात् १ चम्चा चिनी खानु उपयुक्त हुन्छ ।

यस्ता पेय पदार्थले मोटोपनको समस्या, सुक्ष्म पोषक तत्व र क्याल्सियमलाई नष्ट गर्दछ । क्याल्सियमको कमीले हड्डीहरु कमजोर हुन्छ । यस्ता किसिमका गुलियो खानेकुरा खाने मानिसहरुले अन्य किसिमका खानेकुराहरु पनि धेरै खान्छन् । परिणमस्वरुप यस्ता मानिसलाई मधुमेहको समस्या हुन्छ ।

‘मधुमेहका बिरामीहरुलाई भनेर विशेष किसिमको डाइट कोक ल्याइएको छ,’ ‘यो सबै बिक्री गर्नका लागि ल्याइएको वाइयात मात्रै हो, यसका फाइदा छैनन्, तर धेरै हानी छन् ।’ ‘कलाकारहरु विज्ञापनमा देखिन्छन् तर, उनीहरु नै खाँदैनन्,’ ।’ यस्तो विज्ञापनको कुरा विश्वास गरेर स्वास्थ्य खराब गर्ने कि नगर्ने रु यो तपाईको हातमा छ ।